पोखरामा माघ ९ गतेदेखि छैटौं टाइगर कप भलिबल प्रतियाेगिता, ३ विदेशी सहित १४ टिम सहभागि हुने

पाेखरा । पोखरामा आउँदो माघ ९ गते देखि संचालन हुने छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगिता–२०८२ मा ३ विदेशी सहित १४ टिमको सहभागि हुने भएका छन् ।
टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा आउँदो माघ १७ गतेसम्म पोखरामा संचालन हुने प्रतियोगितामा महिला तर्फ थाइलायण्डका २ टिम सहित ७ टिम र पुरुष तर्फ भने माल्दिप्स र भारतका गरी ७ टिमको सहभागिता हुने भएको मंगलबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो ।
पोेखरा रंगशालामा हुने उक्त प्रतियोगितामा महिला तर्फ नेपाल पुलिस क्लब, नेपाल एपिएफ क्लब, त्रिभुवन आर्मी क्लब, टिप टप न्यू डायमण्ड युथ स्पोट्र्स क्लब, एभरेष्ट भलिबल क्लब रुपन्देही, युनाइटेड प्यासन भलिबल क्लब थाइल्याण्ड र थाइल्याण्ड क्विन्स सहभागी हुने भएको संस्थाका अध्यक्ष नारायण प्रसाद शर्माले बताए।
त्यस्तै पुरुष तर्फ गण्डकी प्रदेश भलिबल संघ पोखरा, नेपाल पुलिस क्लब, नेपाल एपिएफ क्लब, त्रिभुवन आर्मी क्लब, पर्वत जिल्ला भलिबल संघ, माल्दिभ्स भलिबल एसोसिएसन र गुजरात भलिबल क्लब भारत सहभागी हुने उनले जनाए ।
प्रतियोगिताको पुरस्कार राशि यस वर्ष बृद्धि गरिएको संस्थाका सचिव डिबी नेपालीले बताए। महिला तथा पुरुष दुवै समूहका विजेता टिमले ६ लाख ६६ हजार ६ सय ६६, उपविजेताले ३ लाख ६६ हजार ६ सय ६६ र तेस्रो हुने टिमले रु १ लाख ६६ हजार ६ सय ६६ प्राप्त गर्नेछन् । यस्तै सर्वोत्कृष्ट खेलाडीलाई रु २६ हजार ६ सय ६६ नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ भने विधागत उत्कृष्ट खेलाडीलाई रु ११ हजार ६ सय ६६ बराबरको उपहारको व्यवस्था गरिएको छ ।
प्रतियोगितामा यस वर्ष पहिलो पटक भारत र माल्दिभ्सका अन्तर्राष्ट्रिय भलिबल रेफ्रीहरू सहभागी हुने सहसंयोजक डोलराज पोखरेलले जनाए ।
करिब एक करोड ८० लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको प्रतियोगिताबाट बचत भएको रकम स्वास्थ्य, शिक्षा, खेलकुद तथा सामाजिक क्षेत्रमा लगानी गरिने आयोजकले जनाएको छ ।
उक्त प्रतियोगिताले पोखराको खेल पर्यटन प्रबद्र्धनमा टेवा पुगेको पोखरा महानगर खेलकुद विकास समितिका अध्यक्ष दीपक गोदारले बताए ।
पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=20357, citypokhara.com
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ भाद्र ३०, मंगलवार १४:३८हिमालयपारिको अविस्मरणीय यात्रा : चीनमा सिकेका सात दिन
समाचार२०८३ भाद्र ३०, मंगलवार ०७:३४फ्र्याङ्कलिन एजुकेशन कन्सल्टेन्सीद्वारा रसुवा बाढीपीडितलाई राहत
समाचार२०८३ भाद्र २८, आईतवार १७:२७छेङ्दुमा १२ नेपाली युवा: सुपरकम्प्युटिङ र रोबोटिक्सदेखि प्राचीन सभ्यतासम्मको यात्रा
समाचार२०८३ भाद्र २८, आईतवार ०४:००रेवान पोखराको अध्यक्षमा वसन्त गौतम सर्वसम्मत







