नीलकण्ठको राजनीतिमा तरंगः प्राध्यापक डा. देवी प्रसाद अधिकारी रास्वपामा प्रवेश, मेयरको चर्चा चुलिँदै

धादिङबेशी,९ पुस । धादिङ जिल्लाको नीलकण्ठ नगरपालिका वडा न. ७ निवासी प्राध्यापक डा. देवी प्रसाद अधिकारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गर्नुभएको छ। आज रास्वपाको केन्द्रीय कार्यालयमा आयोजित विशेष कार्यक्रममा पार्टीका उप-सभापती डोल प्रसाद अर्याल,डा. स्वर्णिम वाग्ले र महामन्त्री कविन्द्र बुर्लाकोटी लगायतका केन्द्रीय नेताहरूले उहाँलाई औपचारिक रूपमा स्वागत गर्नुभएको हो।
स्वागत कार्यक्रममा रास्वपाका केन्द्रीय प्रशिक्षण विभागका सदस्य कृष्णमान शाक्य समेतको उपस्थिति रहेको थियो। लामो समयदेखि नेपाली कांग्रेस निकट विद्यार्थी राजनीतिबाट सक्रिय रहँदै आउनुभएका डा. अधिकारी हाल नीलकण्ठ बहुमुखी क्याम्पसमा प्राध्यापकका रूपमा अध्यापनरत हुनुहुन्छ।
साहित्य, लेखन र बौद्धिक बहसमा प्रखर व्यक्तित्वका रूपमा परिचित डा. अधिकारीको रास्वपामा प्रवेशसँगै धादिङको राजनीतिक वृत्तमा नयाँ हलचल देखिएको छ। यसअघि पनि धादिङका बौद्धिक व्यक्तित्व बोधनारायण श्रेष्ठ र कृष्णमान शाक्य रास्वपामा प्रवेश गरेसँगै पार्टीको संगठन र गरिमा थप सुदृढ बन्दै गएको थियो।
डा. अधिकारीको प्रवेशपछि उहाँलाई भावी नीलकण्ठ नगरपालिकाको मेयर उम्मेदवारका रूपमा अघि सार्न सकिने चर्चा सुरु भएको छ। उहाँ निकट स्रोतका अनुसार पार्टीले दिने जिम्मेवारीबाट पछि नहट्ने स्पष्ट सोचका साथ उहाँ रास्वपामा आबद्ध हुनुभएको हो।
रास्वपाका केन्द्रीय नेताहरूका अनुसार डा. अधिकारीको क्षमता, अनुभव र बौद्धिक योगदानलाई मूल्याङ्कन गर्दै पार्टीले उचित र सम्मानजनक जिम्मेवारी दिने तयारी गरेको छ।
डा. देवी प्रसाद अधिकारीको आगमनसँगै रास्वपाले धादिङमा बौद्धिक र वैचारिक आधार अझ बलियो बनाएको विश्लेषकहरूको बुझाइ छ। आगामी दिनमा यसले स्थानीय राजनीतिमा कस्तो मोड ल्याउने हो भन्ने चासो बढ्दै गएको छ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
खेलकुद२०८३ असार २७, शनिबार ०६:५९स्पेन फिफा विश्वकपको सेमिफाइनलमा « रिपोर्टर्स नेपाल
स्वास्थ्य/जानकारी टिप्स२०८३ असार २६, शुक्रबार २२:४८गणेशका परिवारलाई मिलापत्र गर्न काठमाडौँ सिडिओको दबाब
स्वास्थ्य/जानकारी टिप्स२०८३ असार २६, शुक्रबार १५:३५उपकरण हस्तान्तरण गर्न अस्पतालको आह्वान
कला, विचार/मनोरञ्जन२०८३ असार २६, शुक्रबार ०९:२१सबैको नजरमा ‘गौँथली’, युट्युब ट्रेन्डिङमा पहिलो









