नेपाली परिवेशमा आधारित सिट्कम सिरिज ‘लट्ठक’ सार्वजनिक

काठमाडौं । विश्वभर लोकप्रिय सिट्कम कमेडी मेथडलाई आधार बनाएर नेपाली ग्रामीण परिवेशमा निर्माण गरिएको वेब/टेलिभिजन सिरिज ‘लट्ठक’ दर्शकमाझ आएको छ। रंगमञ्च र टेलिभिजनको अन्तर्राष्ट्रिय बजारमा सिट्कम कमेडीले विशेष स्थान बनाउँदै आएको सन्दर्भमा, ‘लट्ठक’ ले नेपाली समाजका मौलिक पात्र र कथावस्तुलाई समेटेर फरक स्वाद दिने प्रयास गरेको छ।
विशुद्ध मनोरञ्जनात्मक शैलीमा प्रस्तुत यो सिरिज अन्य हास्यप्रधान टेलिफिल्म तथा सिरिजभन्दा फरक धारमा निर्माण गरिएको निर्माण टिमको दाबी छ। ग्रामीण जीवनशैली, पात्रहरूको व्यवहार र दैनिक भोगाइलाई हास्यरसका माध्यमबाट प्रस्तुत गर्दै ‘लट्ठक’ ले समसामयिक सामाजिक समस्यामाथि व्यंगात्मक खबरदारीसमेत गर्ने उद्देश्य राखेको छ।
सिरिजमा सुभाष गजुरेल, अभय राज बराल, शकु शाह, कविता आले, रोकीत कार्की, रणजीत राणा, रोहित खत्री, शिला खनाल, जीवन जंग थापा, दिवास विक्रम बोहरा, मनिषा भुजेल, इन्द्रजित चौलागाईं, लक्ष्मण चौलागाईं, उमिशा पाण्डे, सरिता भण्डारी, रचना पौडेल, गीता खड्का, श्रेया दुलाल र केबी पौडेलको अभिनय रहेको छ।
प्राविधिक पक्षमा किचन सुपर तामाङ, स्पट हेल्पर सुनील धमि, पोशाकमा निराजन घिमिरे, स्पट साउन्डमा गणेश तामाङ, लाइटमा अजय तामाङ तथा टिम, शीर्षक सङ्गीतमा दिक्षित अधिकारी र पृष्ठभूमि सङ्गीतमा आलिश कार्की, निक्सन उदय र प्रतीक थापाको योगदान रहेको छ।
नारायण बी.के. सहायक निर्देशक, दिवास विक्रम बोहरा प्रमुख सहायक निर्देशक, मदन घिमिरे क्रिएटिभ निर्देशक, साजन थापा निर्माता, नारायण जी.सी.को छायांकन , अनिल कुमार महर्जनको सम्पादन तथा रङ संयोजनमा रहेको छ । सिरिजको कथा काजी लिम्बुले लेखेका हुन् भने अवधारणा तथा निर्देशन सागर ज्ञवालीले गरेका छन्। सागर ज्ञवाली चलचित्र ‘मालती मंगले’ का कार्यकारी निर्माता हुन्। ज्ञवाली अब ठुलो पर्दाको चलचित्र निर्देशनमा हात हाल्ने तयारीमा रहेका छन्। हाल चलिरहेको भन्दा फरक ट्रेन्डमा सिरिज ‘लट्ठक’ बनाएको उनले बताए। सिरिज म्युजिक नेपालको अफिसियल यु ट्युव च्यानल मार्फत सार्वजनिक गरिएको हो।
नेपाली सिट्कम कमेडीलाई नयाँ उचाइमा पुर्याउने अपेक्षासहित ‘लट्ठक’ ले दर्शकलाई हँसाउँदै सोच्न बाध्य पार्ने विश्वास निर्माण टिमले लिएको छ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ भाद्र ३०, मंगलवार २०:००चलचित्र ‘आचार्य’ को पहिलो गीत सार्वजनिक, निखिलको रोमान्टिक अवतार
कला, विचार/मनोरञ्जन२०८३ भाद्र ३०, मंगलवार १९:४३‘झिंगे दाउ २’ को ‘ए माया नजिकै सर’ सार्वजनिक, गीतमा देखियो दशैंको झल्को
समाचार२०८३ भाद्र ३०, मंगलवार १६:२२नेपाल क्षयरोग निवारण संस्था धादिङको अध्यक्षमा श्रीकृष्ण अधिकारी चयन
स्वास्थ्य/जानकारी टिप्स२०८३ भाद्र ३०, मंगलवार १३:५१भोटेकोशी बाढीः त्रिवि शिक्षण अस्पतालमा आठ जनाको उपचार हुँदै









