पोखरामा उद्यम क्लिनिक सुरु

पोखरा । मान्छेलाई रोग लागे उपचारको लागि अस्पताल लगिन्छ । व्यवसाय र उद्योगलाई रोग लागे के गर्ने ? त्यसको पनि खोजी भएको छ । पोखरामा मंगलबारबाट उद्यम क्लिनिकको विधिवत् सुरुवात गरिएको छ । उद्यममा देखिएका अवरोध वा रोग हटाइ स्वस्थ बनाउने सो क्लिनिकको काम हो
पोखरा महानगरपालिकाअन्तर्गत रहेको व्यवसाय प्रवद्र्धन केन्द्रले पोखरा उद्योग वाणिज्य संघसँगको सहकार्यमा यो क्लिनिक सुरु भएको घोषणा गरेको हो ।
लगत्तै न्यूरोडका व्यवसायीको प्रतिनिधित्व गर्ने केपी शर्मा पाध्याको तर्फबाट व्यवसाय प्रवद्र्धन केन्द्रका प्रमुख नगराज अधिकारी र पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीलाई समस्याको जानकारीसहितको फाइल हस्तान्तरण गरे ।
व्यवसाय प्रवद्र्धन केन्द्रले यसअघि पनि सोही प्रकृतिको काम गर्दै आए पनि निजी क्षेत्रसँग अझ बढी सामिप्यता बढाउनको लागि यो क्लिनिक सुरु गरिएको केन्द्रका प्रमुख नवराज अधिकारीले जानकारी दिए ।
पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीले उद्यम क्लिनिकले निजी क्षेत्रका समस्या समाधान र व्यावसायिक वातावरणमा सघाउने विश्वास व्यक्त गरे । पोखरा उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष उत्तममान बुद्धाचार्यको धन्यवाद ज्ञापन रहेको सो कार्यक्रमको संचालन संघका महासचिव शोभा गौतमले गरेकी थिइन् ।
सो अवसरमा सो अभियानमा सहकार्य गरेको पोखरा रिसर्च सेण्टरका तर्फबाट सुजन रेग्मीले व्यवसाय प्रवद्र्धन केन्द्रले प्रवाह गर्ने सेवाबारे प्रस्तुति दिएका थिए ।
पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=20529, citypokhara.com
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ श्रावण ३०, शनिबार ०६:२१गण्डकीमा ‘शुद्ध बोल्छ गण्डकी, शुद्ध लेख्छ गण्डकी’ अभियान सुरु
समाचार२०८३ श्रावण २९, शुक्रबार १७:२८‘पोखरा घर’बाट पाँच सेवा, स्थानीय उत्पादनदेखि पर्यटन प्रवर्धनसम्म जोड
समाचार२०८३ श्रावण २९, शुक्रबार १०:३९मोदी खोला बाढी: मन्दिरमा फसेका तीन जनाको सकुशल उद्धार
समाचार२०८३ श्रावण २९, शुक्रबार ०६:३१गण्डकी प्रदेश प्रमुखसमक्ष मुख्य न्यायाधिवक्ताको प्रतिवेदन पेश









