कक्षा १० र १२ मा सत् प्रतिशत नतिजा ल्याउन सफल ७५ जना शिक्षक सम्मानित

धादिङ,६ माघ
ज्वालामुखी गाउँपालिकाले पालिका भित्रका ७५ जनालाई शिक्षकलाइ सम्मान गरेको छ । गाउँपालिकाका शिक्षा अधिकृत बिष्णु प्रसाद न्यौपानेका अनुसार, कक्षा १० र १२ मा सत् प्रतिशत नतिजा ल्याउन सफल ७५ जना शिक्षकहरूलाई सम्मान गरिएको हो। उहाँले भन्नुभयोे, “यो सम्मानले शिक्षकहरूलाई थप उत्साहित गर्नेछ र आगामी नतिजामा पनि उत्कृष्ट प्रदर्शन गर्न प्रेरणा दिनेछ ।”

कार्यक्रममा शिक्षकहरूलाई झोला र डायरी समेत वितरण गरिएको छ । शिक्षा, युवा तथा खेलकुद शाखाले शिक्षकहरूको दैनिक पाठ योजना बनाउने डायरीमार्फत कक्षामा प्रयोग गराउने विश्वास व्यक्त गरेको छ।यस प्रकारका कार्यक्रमले शिक्षकहरूमा उत्साह जागृत गर्दै विद्यार्थीहरूको सिकाइ उपलब्धि सुनिश्चित गर्न सहयोग पु¥याउने विश्वास व्यक्त गरिएको छ।ज्वालमुखी गाउँपालिकाका अध्यक्ष यमनाथ दनैको अध्यक्षतमा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी विजय राज सुवेदीको प्रमुख आतिथ्यता रहेको थियो ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ असार ५, शुक्रबार २१:४६चलचित्र ‘सिन्दुरे जात्रा’ मंसिर ४ गते रिलिज हुने
कला, विचार/मनोरञ्जन२०८३ असार ५, शुक्रबार २१:३८सामाजिक कथावस्तुमा निर्माण गरिएको ‘हली’को टिजर सार्वजनिक
समाचार२०८३ असार ५, शुक्रबार १९:०८नीलकण्ठ नगरपालिकामा पालिका स्तरीय बृहत शैक्षिक सामग्री प्रदर्शनी सम्पन्न
स्वास्थ्य/जानकारी टिप्स२०८३ असार ५, शुक्रबार १४:३८भरतपुर अस्पतालमा बिरामी चाप बढ्दो « रिपोर्टर्स नेपाल








