सिरहामा ‘एचपिभी’ खोप अभियान दुई चरणमा सञ्चालन हुँदै

सिरहा, १२ माघ । पाठेघरको मुखको क्यान्सरबाट जोगाउने उद्देश्यले सिरहामा किशोरीलाई लक्षित गर्दै ह्युमन प्यापिलोमा भाइरस (एचपिभी) विरुद्धको खोप अभियान दुई चरणमा सञ्चालन गरिने भएको छ ।
स्वास्थ्य कार्यालय सिरहाकी खोप निरीक्षक सुनिता कँडेलका अनुसार पहिलो चरणमा यही माघ २५ देखि आगामी फागुन २ गतेसम्म आठ स्थानीय तहमा खोप अभियान सञ्चालन हुनेछ भने दोस्रो चरणमा आगामी फागुन ४ देखि १० गतेसम्म बाँकी नौवटा पालिकामा अभियान सञ्चालन गरिनेछ ।
“गत वर्ष जिल्लाभर करिब नौ प्रतिशत छात्रा एचपिभी खोपबाट छुटेका थिए । यस पटक ती सबैलाई समेट्ने गरी अभियान सञ्चालन गर्न लागिएको हो,” खोप निरीक्षक कँडेलले भने । उनका अनुसार विद्यालय छाडेका ११ देखि १४ वर्ष उमेर समूहका बालिका पनि यस अभियानमा समावेश गरिनेछन् । अभियानअन्तर्गत कक्षा ६ मा अध्ययनरत छात्रा, विद्यालय बाहिर रहेका १० वर्ष पूरा भई ११ वर्ष ननाघेका बालिका तथा गत वर्षको खोप अभियानमा छुटेका कक्षा ७ देखि १० सम्मका छात्रालाई लक्षित गरिएको छ ।
लहान नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख विन्देश्वर चौधरीका अनुसार लहान नगरपालिकामा गत वर्षको खोप अभियानमा दुई प्रतिशत छात्रा खोपबाट वञ्चित भएका थिए । खोप अभियानलाई प्रभावकारी बनाउन आज लहान नगरपालिकाले पालिकास्तरीय खोप समन्वय समितिको एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । त्यसैगरी मङ्गलबार स्थानीय स्वास्थ्य स्वयंसेविकाको उपस्थितिमा वडास्तरीय अभिमुखीकरण कार्यक्रम आयोजना गरिने स्वास्थ्य शाखाले जनाएको छ । रासस
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ असार ५, शुक्रबार २१:४६चलचित्र ‘सिन्दुरे जात्रा’ मंसिर ४ गते रिलिज हुने
कला, विचार/मनोरञ्जन२०८३ असार ५, शुक्रबार २१:३८सामाजिक कथावस्तुमा निर्माण गरिएको ‘हली’को टिजर सार्वजनिक
समाचार२०८३ असार ५, शुक्रबार १९:०८नीलकण्ठ नगरपालिकामा पालिका स्तरीय बृहत शैक्षिक सामग्री प्रदर्शनी सम्पन्न
स्वास्थ्य/जानकारी टिप्स२०८३ असार ५, शुक्रबार १४:३८भरतपुर अस्पतालमा बिरामी चाप बढ्दो « रिपोर्टर्स नेपाल









