‘श्री बुकुरोः द होम कलिङ’ को भव्य प्रिमियर सम्पन्न

काठमाडौँ । आगामी फागुन १ गतेदेखि देशव्यापी प्रदर्शनमा आउन लागेको सिनेमा ‘श्री बुकुरोः द होम कलिङ’ को प्रिमियर शो सम्पन्न भएको छ। बुधबार सिटी सेन्टरस्थित बिग मुभिजमा निर्माण टिमले विशेष प्रिमियरको आयोजना गरेको हो।
प्रिमियरमा निर्देशक तुलसी घिमिरे, दीपकप्रसाद आचार्य, छविराज ओझा, जयकिशन बस्नेतसहित चलचित्रकर्मी, पत्रकार तथा फिल्म युनिटको उल्लेख्य उपस्थिति रहेको थियो।
सिनेमा अवलोकनपछि निर्देशक तुलसी घिमिरेले फिल्मलाई “हिपोक्रेटिक भन्दा पनि एउटा सुन्दर पेन्टिङ जस्तो” अनुभूति दिने कृति भन्दै प्रशंसा गरे। उनका अनुसार ‘बुकुरो’ शब्दले पैतृक घरको भावनालाई अत्यन्त जीवन्त ढंगले प्रस्तुत गरेको छ। “फिल्म हेर्दा म आफ्नै पुरानो घर फर्किएँ जस्तो महसुस भयो। लक्ष्मी गिरीको अभिनयले मेरी आमाको सम्झना दिलायो,” उनले प्रतिक्रिया दिए।
घिमिरेले फिल्ममा मानवीय संवेदनाका साना–साना क्षणलाई मिठासपूर्ण तरिकाले उतारिएको उल्लेख गरे। बाल्यकालका सम्झना, आफन्तबीचको दूरी र पुनर्मिलन, लोभी मामाजस्ता चरित्रले कथालाई यथार्थपरक बनाएको उनको भनाइ थियो। आमाको कडा तर माया मिश्रित व्यवहार र तीन छोराहरूको साथ–समर्थनलाई उनले विशेष प्रशंसायोग्य ठाने।

निर्माता तथा वितरक छविराज ओझाले पनि ‘श्री बुकुरो’ उत्कृष्ट बनेको प्रतिक्रिया दिए। अभिनेता तथा निर्देशक जयकिशन बस्नेतले फिल्म हेर्दा उपन्यास पढिरहेजस्तो अनुभूति भएको बताए। “कमेडी, पारिवारिक सम्बन्ध र कलाकारहरूको अभिनय सबै सन्तुलित छ। विशेषगरी लक्ष्मी दिदीको अभिनय मनमा बस्ने खालको छ,” उनले भने। मुक्तिनाथ यात्रा र यमराजसँगको संवादजस्ता दृश्यले मनोरञ्जनसँगै भावनात्मक गहिराइ दिएको उनको टिप्पणी थियो। दिदी–भाइको वर्षौं पछिको भेटले समाजमा बढ्दो आत्मीयताको खडेरीलाई यथार्थपरक ढंगले चित्रण गरेको उनले उल्लेख गरे।
सुदीप भुपाल सिंहको लेखन तथा निर्देशनमा बनेको यो सिनेमा घर, परिवार र समाजको सम्बन्धमाथि केन्द्रित छ। पुरानो थातथलो जोगाइराख्ने आवश्यकता, पारिवारिक प्रेम, सम्बन्धमा देखिने दूरी तथा जीवनका भावनात्मक द्वन्द्वलाई कथामा समेटिएको छ।
फिल्ममा वरिष्ठ अभिनेत्री लक्ष्मी गिरी मुख्य भूमिकामा देखिएकी छन्। उनीसँगै आशीर्वाद बी. क्षेत्री, निकिता आचार्य, रोशनी कार्की, उत्तम न्यौपाने, रामबाबु रेग्मी, राजन इशान, दीपिका थापा, लय संग्रौला, मोहन निरौला, गीता थापा, सपना श्रेष्ठ, आशिका शाही, दीपक कार्की र रजिना विश्वकर्मालगायत कलाकारको अभिनय रहेको छ।
रुबी सेन सिंहको लगानीमा निर्माण भएको सिनेमामा सञ्जय लामा र राजेश श्रेष्ठको छायांकन रहेको छ। फिल्मको छायांकन मुस्ताङ, बाग्लुङ, कास्की, दमौली, मकवानपुर तथा काठमाडौँका विभिन्न स्थानमा गरिएको हो।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
खेलकुद२०८३ श्रावण २३, शनिबार २०:५३एनपीएलको तेस्रो संस्करण कार्तिक ९ देखि
समाचार२०८३ श्रावण २३, शनिबार १९:३६कालिकोटमा चिकित्सक र नर्समाथि आक्रमण गर्ने तीन पक्राउ
स्वास्थ्य/जानकारी टिप्स२०८३ श्रावण २३, शनिबार १६:२७नेत्रज्योति सङ्घलाई डब्लुएचओले ‘पब्लिक हेल्थ अवार्ड’ प्रदान गर्ने
समाचार२०८३ श्रावण २३, शनिबार १४:१९बैतडीका १७८ जनाले घरमै पाए राहदानी









