विजय र वर्षाको चलचित्र ‘मालती मंगले’ वैशाख २५ मा आउने

काठमाडौं। चलचित्र ‘मालती मंगले’ आगामी वैशाख २५ गते प्रदर्शनमा आउने भएको छ। निर्माण टिमले फिल्मको आधिकारिक पोस्टरसहित प्रदर्शन मिति सार्वजनिक गरेको हो। गायक रामकृष्ण ढकालको निर्माणमा बनेको चलचित्रको फर्स्टलुक पोस्टर समेत सार्वजनिक गरिएको छ।
सार्वजनिक पोस्टरमा मुख्य कलाकारहरू विजय बराल र वर्षा राउतको आत्मीय प्रेमभाव झल्किएको छ। ग्रामीण परिवेश झल्किने पहिरन र पृष्ठभूमिले फिल्मले माटोको सुगन्ध बोकेको कथावस्तु प्रस्तुत गर्ने संकेत गर्छ। विजयले वर्षाको काखमा टाउको राखेको दृश्य र वर्षाको स्नेहिल मुस्कानले पारिवारिक तथा प्रेमप्रधान कथाको झल्को दिन्छ।
निर्देशक प्रकु पाण्डेयले फिल्मलाई शुद्ध नेपाली पारिवारिक प्रेमकथा बताएका छन्। उनका अनुसार, “यो सबै उमेर समूहले एकसाथ बसेर हेर्न मिल्ने फिल्म हो, जसले समाजको सकारात्मक पाटोलाई उजागर गर्छ।” कथा निर्देशक स्वयंले लेखेका हुन् भने पटकथा तथा संवाद संयोग गुरागाईँको रहेको छ।
रानी म्युजिक इन्टरनेशनलको ब्यानरमा युनी इन्टरटेनमेन्टसँगको सहकार्यमा निर्माण भएको फिल्मका कार्यकारी निर्माता सागर ज्ञवाली हुन्। सह–निर्मातामा बाबु सुवेदी, रविन श्रेष्ठ, वेदना कर्माचार्य श्रेष्ठ, पद्मावती गुरुङ र स्वीकृति बस्नेत रहेका छन्।
फिल्ममा विजय र वर्षाका साथै मेक्सम गौडेलको मुख्य भूमिका छ। उनीहरूसँगै प्रकाश घिमिरे, सरिता गिरी, सुस्मा निरौला, सुनिल तामाङ, उमेश सुनाम, शकु शाह, सुचित्रा उप्रेती, दिनेश शाही, रिजन परियार, तारा शर्मा, गीता श्री, राज पङ्गेनी, सुस्मिता गुरुङ र सागर भट्टराईलगायत कलाकारको अभिनय रहेको छ।
छायांकन महेश पौडेलले गरेका हुन् भने सम्पादन रोमी मोजेजको, रङ्ग संयोजन कृष्ण भण्डारीको र ध्वनि मिश्रण डिकेश खड्गीको रहेको छ। डिजिटल वितरण ओएसआर डिजिटलले गर्नेछ भने थिएटर वितरण आरआर फिल्म्सले सम्हाल्ने जनाइएको छ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ भाद्र ९, मंगलवार १०:२३आहा, यस्तो पो झरना !
समाचार२०८३ भाद्र ८, सोमबार १९:१६लागुपदार्थ दुर्व्यसनी र बालमैत्री स्थानीय शासनबारे मनरुपी माविका विद्यार्थीलाई अभिमुखिकरण
स्वास्थ्य/जानकारी टिप्स२०८३ भाद्र ८, सोमबार १२:२१एचआइभीका नयाँ रोगी पहिचान
कला, विचार/मनोरञ्जन२०८३ भाद्र ८, सोमबार ०९:४३‘मिसेस भोग सीजन फोर’ को घोषणा » Celebrity Nepal









