आज महाशिवरात्री पर्व मनाईँदै

काठमाडौं । आज देशभरका शिवालयहरूमा श्रद्धा र भक्तिभावका साथ भगवान् शिवको पूजा–आराधना गरी महाशिवरात्रि पर्व मनाइँदै छ।
प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशीका दिन, विशेषगरी मध्यरातमा पर्ने यस पावन अवसरमा आराध्यदेव महादेवको विधिपूर्वक पूजाअर्चना गर्ने परम्परा रहिआएको छ।
वैदिक सनातन हिन्दु धर्मावलम्बीहरू बिहानैदेखि नदी, कुण्ड तथा तलाउमा स्नान गरी शिवालय पुगेर श्रद्धापूर्वक पूजा–आराधना गरिरहेका छन्।
शिवजीको प्राकट्यसँग जोडिएको विश्वासका आधारमा मनाइने यो पर्वलाई कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि गरी चार प्रमुख रात्रिमध्ये एक पवित्र रात्रिका रूपमा धार्मिक ग्रन्थहरूमा उल्लेख गरिएको छ।
फागुन कृष्ण चतुर्दशीका दिन मनाइने महाशिवरात्रिलाई दीनदुःखी तथा कष्टपूर्ण अवस्थामा रहेका प्राणीको हृदयमा धर्मभाव जागृत गराउने आशुतोष भगवान् शिवको प्रिय दिनका रूपमा लिइन्छ।
धार्मिक मान्यताअनुसार माघ महिनामा रुद्रत्वका कारण पत्रविहीन भई जीर्ण भएका रूख–बिरुवा फागुनमा शिवत्वको प्रभावले पुनः पलाउन थाल्ने भएकाले पनि यस पर्वलाई विशेष महत्त्वका साथ मनाउने गरिन्छ।
व्रतमध्ये उत्कृष्ट मानिएको यस दिन भक्तजनहरूले शुद्ध भई शिव मन्दिरमा पूजा–अर्चना गर्नुका साथै व्रत बस्छन्। भगवान् शिवलाई प्रिय मानिने दूध, धतुरो र बेलपत्र अर्पण गर्ने चलन छ। उपवास गरी रातभर जाग्राम बसे सर्वसिद्धि प्राप्त हुने र यमलोक जानु नपर्ने धार्मिक विश्वास समेत रहिआएको छ।
आजको दिन महादेवलाई जाडो हुने जनविश्वासका कारण घर–आँगन, चोक तथा मठ–मन्दिरमा दाउरा संकलन गरी धुनी बाल्ने, भजन–कीर्तन गर्ने तथा सोही आगोमा प्रसाद तयार गरी ग्रहण गर्ने परम्परा पनि देशका विभिन्न स्थानमा देखिएको
पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=20884, citypokhara.com
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ भाद्र १०, बुधबार १४:३३रसुवा, नुवाकोट र धादिङलाई तीन महिनाका लागि विपत् संकटग्रस्त क्षेत्र घोषणा
समाचार२०८३ भाद्र १०, बुधबार १४:२०गण्डकी सरकारबाट एमालेका चार मन्त्रीले दिए राजीनामा
समाचार२०८३ भाद्र ८, सोमबार १६:३८जीएमसीको साथमा ‘मिडिया कप फुटसल’
समाचार२०८३ भाद्र ८, सोमबार १२:५८प्रथम पिसिएम कप राष्ट्रिय जुनियर टेनिस:यु–१८ उपाधी शास्वतलाई, यु–१६ तर्फ सुरेन्द्र च्याम्पिन







