‘श्री बुकुरो’ भ्यालेनटाइन डे विशेष गीत ‘मायालुको मुस्कान’ सार्वजनिक

काठमाडौँ। प्रणय दिवस र महाशिवरात्रिको अवसर पारेर फागुन १ गतेबाट प्रदर्शनमा आएको ‘श्री बुकुरो’ले दर्शकबाट उत्कृष्ट प्रक्रिया पाइरहेको छ । नेपालमा सञ्चालित हलको अकुपेन्सी भन्दा धेरै सिनेमा एक साथ प्रदर्शनमा आएकाले निर्माण टिमको सोच अनुरुपको शोज नपाएपनि पाएजति शोमा दर्शकको सुखद् अकुपेन्सी देखिन्छ ।
त्यसमाथि जति पनि दर्शकले सिनेमा हेरेका छन् सवैले विशुद्ध पारिवारिक कथामा निर्माण भएको उत्कृष्ट प्रतिक्रिया दिएका छन् । दर्शकबाट मिलेको उत्कृष्ट प्रतिक्रिया आफुमा एक किसिमको उर्जा भरेको निर्देशक सुदीप भुपाल सिंह बताउँछन् । यसैबीच, निर्देशक सिंहले फागुन २ गते हिजो परेको भ्यालेन्टाइन डेको अवसर पारेर नयाँ गीत सार्वजनिक गरेका छन् ।
सार्वजनिक गीत ‘मायालुको मुस्कान’मा सिनेमामा अभिनय गरेका मुख्य बालकलाकार कलाकार टिनएज अवस्थामा प्रवेश गरेपछिको प्रेम सम्बन्धलाई रोमान्टिक अवतारमा प्रस्तुत गरिएको छ । यो गीतमा विक्रम कार्कीको संगीत र एरेञ्ज, निर्देशक सुदीपको शब्द रचना तथा सन्देश पौडेलको स्वर सुन्न सकिन्छ । भ्यालेनटाइन डेमा दर्शकलाई उपहार शोरुप यो गीत सार्वजनिक गरिएको निर्माण टिमले जनाएको छ ।
फिल्म रेञ्जको व्यानरमा निर्माण भएको सिनेमामा आशीर्वाद क्षेत्री, निकिता आचार्य, लक्ष्मी गिरी, प्रतिकराज आचार्य, रोशनी कार्की, राजन इशान, दीपिका थापा, लय संग्रौला, मोहन निरौला, रामबाबु रेग्मी, रश्मी भट्ट, उत्तम केसी, गीता थापा, सपना श्रेष्ठ लगायतका कलाकारहरूको अभिनय छ । रुबी सेन सिंह सिनेमाकी निर्मात्री हुन् ।
पारिवारिक सम्बन्धको कथामा आधारित सिनेमामा सञ्जय लामा र राजेश श्रेष्ठको छायांकन, विक्रम कार्कीको ब्याकग्राउन्ड स्कोर, आईड्रिम एनिमेसनको भिएफएक्स, मनोरञ्जन श्रेष्ठको कलर ग्रेडिङ, सुरज तामाङ र प्रवीण सिंहको कोरियोग्राफी तथा बनिष शाह, चन्दन दत्त र परिच्छेद सेनको सम्पादन रहेको छ । सिनेमाका गीतमा वसन्त र रञ्जीत गजमेरले संगीत दिएका छन् ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
खेलकुद२०८३ श्रावण २३, शनिबार २०:५३एनपीएलको तेस्रो संस्करण कार्तिक ९ देखि
समाचार२०८३ श्रावण २३, शनिबार १९:३६कालिकोटमा चिकित्सक र नर्समाथि आक्रमण गर्ने तीन पक्राउ
स्वास्थ्य/जानकारी टिप्स२०८३ श्रावण २३, शनिबार १६:२७नेत्रज्योति सङ्घलाई डब्लुएचओले ‘पब्लिक हेल्थ अवार्ड’ प्रदान गर्ने
समाचार२०८३ श्रावण २३, शनिबार १४:१९बैतडीका १७८ जनाले घरमै पाए राहदानी









