त्रिशूली नदीमा यात्रुवाहक बस दुर्घटना, कम्तीमा १७ जनाको मृत्यु, विस्तृत विवरण आउन बाँकी

पाेखरा । पोखराबाट काठमाडौं जादै गरेको यात्रुवाहक बस त्रिशूली नदीमा खस्दा कम्तीमा १७ जनाको मृत्यु भएको छ।
सडकबाट करिब ३ सय मिटर तल खसेको उक्त बसमा दुर्घटनाका बेला कम्तीमा ४६ जना यात्रु सवार रहेको अनुमान गरिएको छ।
घटनास्थलमा रहेका सहायक प्रमुख जिल्ला अधिकारी मोहन प्रसाद न्यौपानेका अनुसार बसमा ४६ जना यात्रु रहेको प्रारम्भिक जानकारी प्राप्त भएको छ र उनीहरूको खोज तथा उद्धार कार्य जारी रहेको छ।
उद्धार टोलीले नदीबाट डुंगाको सहायताले यात्रुहरूलाई बाहिर निकालेर बगरमा जम्मा गरिरहेको छ। त्यहाँबाट घाइतेहरूलाई एम्बुलेन्समार्फत नजिकका अस्पतालहरूमा पठाउने काम भइरहेको छ।
दुर्घटनास्थलमा नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टोली परिचालन गरिएको छ। प्रमुख जिल्ला अधिकारीसहितको प्रशासनिक टोली पनि घटनास्थलमा खटिएको छ।
सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन बेस आदमघाटबाट डीएसपी सुनिल गिरीको नेतृत्वमा टोली परिचालन गरिएको छ भने विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट गोताखोरसहितको टोली समेत उद्धारमा संलग्न छ।
हालसम्म मृतक र घाइतेहरूको सनाखत हुन सकेको छैन। उद्धार कार्य जारी रहेको र विस्तृत विवरण आउन बाँकी रहेको प्रशासनले जनाएको छ।
पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=20957, citypokhara.com
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ भाद्र १९, शुक्रबार ०१:०३शुक्रबारदेखि लगातार ५ दिन बिदा, कुन दिन केको बिदा?
समाचार२०८३ भाद्र १८, बिहीबार १२:२६भोटेकोशी बाढीमा १ हजार २५२ जनाको शव फेला
समाचार२०८३ भाद्र १८, बिहीबार १२:२५‘दोस्रो दौतरी कप विद्यालय स्तरीय फुटसल प्रतियोगिता’ हुने
समाचार२०८३ भाद्र १७, बुधबार २०:५९भोटेकोशी बाढी पीडितका लागि लेखनाथ उद्योग वाणिज्य सङ्घद्धारा राहत संकलन शुरु








