दाईभाईको कथा चलचित्र ‘हामी तीन भाई’ को टिजर सार्वजनिक

काठमाडौं । फागु पुर्णिमाको दिन पारेर फिल्म ‘हामी तीन भाइ’को टिजर रिलिज गरिएको छ। निर्माण टिमले ओएसआरको युटुब च्यानलमार्फत फिल्मको टिजर रिलिज गरेको हो। टिजरमा एउटा गाउँका तीन भाईको कथालाई प्रस्तुत गरिएको छ। गोरुले झैँ आफै नारिएर जोतिरहेको देखिन्छन्। मानौ,उनीहरु त्यतिधेरै मिल्छन्। सानैमा बुबा आमा बिते पनि उनीहरुको माया ममता भनेको दाजु नै हो। आमा बुबाको माया नपाएका यि तीन भाईमध्ये एक दाजु बिनोदसँग खटपट पर्छ। टिजरले मिलेर बसेका दाजुभाई विवाहपछिको सम्बन्ध खटपट र संघर्षलाई देखाउन खोजिएको छ।
मधुसुदन भट्टराई निर्देशित यस फिल्ममा विनोद न्यौपाने, लक्ष्मी वर्देवा, कुशल बिष्ट, आश्मा गिरी, जाहन्वी बस्नेत,फलित राई, राजाराम पौडेल, रविन्द्र झा, बिष्णु सापकोटा, विकास चापागाइँ शुष्मा निरौला, यादव देवकोटा,अन्जु हमाल,तारा शर्मा,पवन केसी, रमा बिष्ट, विरेन श्रेष्ठ,शुष्मा जिम्बा,खिन्न बहादुर भण्डारी ,गोविन्द प्रसाद पौडेल,भुमिका गिरी,टेकराज पौडेल, अमृतमान महर्जन लगायतले अभिनय गरेका छन्।
प्रसिद्धि सिने आर्ट्स्को ब्यानरमा निर्माण भएको यस फिल्मको निर्मातामा त्रिरत्न श्रेष्ठ र मनोज श्रेष्ठ रहेका छन्। साथै कार्यकारी निर्माता विक्रम तामाङ रहेका छन्। सह–निर्माता भक्तलाल श्रेष्ठ, प्रतिमा थापा पोखरेल, दुर्गालक्ष्मी पाण्डे विशेष सहयोगी शम्भु कुमार केसी रहेका छन्।
साजित महत प्रस्तुतकर्ता रहेको यस फिल्मको पटकथा तथा सम्वाद शिवम् अधिकारीले लेखेका हुन् । शिव ढकालले खिचेको यस फिल्मको सम्पादन बनिश शाहले गरेका छन् भने संगीत साप शक्ति,बाबुल गिरीले भरेका छन्। नृत्य कमल राई इन्द्र देव महर्जन पाश्र्व संगीत सम्राट थापा ध्वनी मिश्रण मुकेश शाह,रंग संयोजक रेनिश फागोको छ। चलचित्र चैत्र १३ गतेबाट सार्वजनिक प्रदर्शनमा आउने तयारीमा रहेको छ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ भाद्र ८, सोमबार १९:१६लागुपदार्थ दुर्व्यसनी र बालमैत्री स्थानीय शासनबारे मनरुपी माविका विद्यार्थीलाई अभिमुखिकरण
स्वास्थ्य/जानकारी टिप्स२०८३ भाद्र ८, सोमबार १२:२१एचआइभीका नयाँ रोगी पहिचान
कला, विचार/मनोरञ्जन२०८३ भाद्र ८, सोमबार ०९:४३‘मिसेस भोग सीजन फोर’ को घोषणा » Celebrity Nepal
खेलकुद२०८३ भाद्र ८, सोमबार ०८:२९बार्सिलोनाको फराकिलो जित









