एकैदिन सुनको भाउमा भारी गिरावट, तोलामा ५,४०० रुपैयाँ घट्यो

काठमाडौं । बिहीबार एकैदिन सुनको मूल्यमा उल्लेख्य गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघ ले यस दिनका लागि सुनको भाउ प्रतितोला ३ लाख २ हजार ३ सय रुपैयाँ निर्धारण गरेको जनाएको छ।
अघिल्लो दिन प्रतितोला ३ लाख ७ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य एकैदिन ५ हजार ४ सय रुपैयाँले घटेको हो।
पछिल्ला केही सातादेखि सुनको भाउ क्रमशः घट्दै आएको छ। यसअघि गत माघ १५ गते सुनको मूल्य हालसम्मकै उच्च प्रतितोला ३ लाख ३९ हजार ३ सय रुपैयाँ पुगेको थियो।
त्यस्तै चाँदीको मूल्य पनि घटेको छ। अघिल्लो दिन प्रतितोला ५ हजार १५० रुपैयाँ रहेको चाँदी बिहीबार १४० रुपैयाँले घटेर ५ हजार १० रुपैयाँ कायम भएको छ। चाँदीले पनि माघ १५ गते नै हालसम्मकै उच्च ७ हजार ५०५ रुपैयाँको रेकर्ड बनाएको हाे ।
पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=21075, citypokhara.com
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ चैत्र ५, बिहीबार ११:१८एकैदिन सुनको भाउमा भारी गिरावट, तोलामा ५,४०० रुपैयाँ घट्यो
समाचार२०८२ चैत्र ४, बुधबार १३:५१सुनचाँदीको भाउ ओरालो: तोलामा २,२०० रुपैयाँले घट्यो सुन
समाचार२०८२ चैत्र ४, बुधबार १३:४५दिल्लीमा भीषण आगलागी: तीन बालबालिकासहित एकै परिवारका सात जनाको ज्यान गयो
समाचार२०८२ चैत्र ३, मंगलवार ०६:५८एसईई परीक्षा व्यवस्थित र पारदर्शी बनाउन कार्यशाला आवश्यक : मन्त्री थापा






