सानिसा कार्यक्रममार्फत गण्डकीमा लगानी र विकासका सम्भावना उजागर

पोखरा । गण्डकी प्रदेशमा सार्वजनिक–निजी साझेदारी (सानिसा/PPP) मार्फत विकास आयोजना प्रभावकारी बनाउने उद्देश्यले “आयोजना विकास लेखाजोखा, सानिसा खरिद, परियोजना सञ्चालन तथा व्यवस्थापन” सम्बन्धी कार्यक्रम सम्पन्न भएको छ ।
बिहीबार पोखरामा आयोजित कार्यक्रम गण्डकी प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र नेपाल सरकारको लगानी बोर्ड कार्यालय, काठमाडौंको सहकार्यमा सम्पन्न भएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे ले विकास आयोजनाको सफल कार्यान्वयनका लागि जग्गा प्राप्ति प्रक्रियालाई सरल र व्यवस्थित बनाउन आवश्यक रहेको बताए । ‘जग्गा व्यवस्थापन सहज नभएसम्म जतिसुकै नीति, ऐन र कानुन बनाए पनि अपेक्षित उपलब्धि हासिल गर्न कठिन हुन्छ,’ उनले भने ।
मुख्यमन्त्री पाण्डेले निजी क्षेत्र र सरकारबीच अझ प्रभावकारी समझदारी आवश्यक रहेको उल्लेख गर्दै खरिद प्रक्रियालाई सहज, पारदर्शी र उपलब्धिमूलक बनाउनुपर्नेमा जोड दिए । साथै क्षमता अभिवृद्धि, परियोजना व्यवस्थापन र लगानीमैत्री वातावरण निर्माणमा पनि ध्यान दिनुपर्ने उनको भनाइ थियो ।
कार्यक्रममा सहभागीका तर्फबाट बोल्दै तारानाथ पहारीले पर्यटन क्षेत्रले उद्योगसरह प्राथमिकता र अवसर नपाउँदा अपेक्षित विकास हुन नसकेको गुनासो गरे । उनले आगामी दिनमा पर्यटनलाई पनि उद्योगसरह प्राथमिकतामा राखेर नीति तथा योजनामार्फत अघि बढाउन आग्रह गरे ।
सहभागीहरूले गण्डकी प्रदेशका विभिन्न जिल्लामा रहेका सम्भावित मोडल तथा विकास परियोजनालाई प्राथमिकताका साथ अघि बढाउन सुझाव दिएका थिए । साथै नियम र मापदण्डअनुसार छुटेका क्षेत्र तथा समुदायलाई समेत समेटेर अघि बढ्नुपर्नेमा जोड दिइएको थियो ।
कार्यक्रममा लगानी बोर्ड नेपालका उपसचिव डाक्टर युवराज पौडेल तथा सार्वजनिक–निजी साझेदारी (PPP) विज्ञ मणी मोहन सिंहले प्रस्तुतीकरण गरेका थिए ।
कार्यक्रम मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, गण्डकी प्रदेशका निमित्त प्रमुख सचिव कृष्ण लम्सालको अध्यक्षतामा सम्पन्न भएको थियो ।
पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=21660, citypokhara.com
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ असार २९, सोमबार २१:५५कर्म–कर्ण आदिवासी जनजाति पत्रकारिता पुरस्कारबाट पत्रकार हितानमगर र गुरुङ सम्मानित
समाचार२०८३ असार २९, सोमबार १९:५०काउन्सिल अध्यक्ष श्रेष्ठद्वारा पदबहाली, एआईसम्बन्धी मार्गनिर्देशिका बनाएर अघि बढ्ने
समाचार२०८३ असार २८, आईतवार १६:३४सम्मानित एलेक्सा लाइफ साइन्सेसको गुनासो : १९ वर्षदेखि मूल्य समायोजन नहुँदा स्लाइन उद्योग संकटमा
समाचार२०८३ असार २७, शनिबार १२:४८कौराहा संरक्षण पत्रकारिता पुरस्कारबाट पत्रकार मीना थापामगर सम्मानित






