पोखरामा महानायक राजेश हमालले उद्घाटन गरे १८ डी सिनेमा

यो सिनेमा पोखराको डिज्नील्याण्ड लेकसाइड क्षेत्रमा स्थापना गरिएको छ, जुन नेपालमै पहिलोपटक यस्तो प्रविधिसहितको अनुभव दिने सिनेमा हो। यसको पहिलो शाखा काठमाण्डौँमा छ दोश्रो शाखाको शुक्रबार महानायक हमालले उद्घाटन गरेका हुन ।
महानायक राजेश हमालले यसको औपचारिक उद्घाटन गर्दै पोखराले अब फरक किसिमको सिनेमाटिक अनुभव पाउने बताए ।, उद्घाटन पश्चात संचारकर्मीहरुसँग अन्र्तक्रिया गर्दै उनले भने ‘पोखरा आफैंमा सुन्दर सहर हो, यहाँ धेरै चलचित्र छायांकन हुन्छन्। अब यो सिनेमा केवल मनोरञ्जन मात्र नभई नयाँ संसारको अनुभव हो ।’ कार्यक्रममा पोखरामा आफ्नो करियरको तेश्रो चलचित्र देउकीको छायाँकन भएको दिनको सम्झना समेत हमालले गरेका गरेका थिए ,
फ्लाइ नेपाल इन्टरटेनमेन्टका प्रमुख राम थापाका अनुसार, काठमाडौँमा सफल सञ्चालनपछि दर्शकको सकारात्मक प्रतिक्रिया पाउँदै यो सेवा पोखरामा विस्तार गरिएको हो। उनले काठमाण्डौँको भन्दा पोखराको प्रविधि अझ उन्नत भएको बताए ।
यस १८ डी सिनेमामा १० देखि ३० मिनेटसम्मका १७ वटा फरक कथात्मक संसारमा प्रवेश गर्ने अवसर पाउनेछन् । चलचित्र हेरेर दर्शकले रोमाञ्चक अनुभव लिन सक्छन । विशेष कुरा के भने, यसमा कुनै चश्मा वा हेडसेटको आवश्यकता पर्दैन, जसले सबै उमेर समूहका दर्शकलाई सहज रूपमा आकर्षित गर्छ ।
कम्पनीका निर्देशक हिमाल थापाले पोखरामा यस प्रकारको सिनेमा सञ्चालनले साहसिक अनुभवलाई नयाँ उचाइ दिने विश्वास व्यक्त गरे । उनका अनुसार, अब पोखरेली दर्शकले साहसिकता बाहिरी गतिविधिमा मात्र होइन, भित्री अनुभूतिमा पनि महसुस गर्न सक्नेछन्।’ महाहनायक हमालले कार्यक्रममा अब बन्ने बालेन सरकारले यस्ता केही नयाँ गतिविधि गर्ने उद्यमीहरुका लागि नयाँ योजनाहरु ल्याएर देशमा रोजगारीको वातावरण बढाउनु पर्ने समेत धारणा राखेका थिए ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
खेलकुद२०८३ असार १२, शुक्रबार २१:४४आज एम्बाप्पे र हालान्ड आमने-सामने हुँदै
समाचार२०८३ असार १२, शुक्रबार १९:२४नेत्रावती डबजोङमा तीनदिने विपद् पूर्वतयारी तथा व्यवस्थापन तालिम सुरु
कला, विचार/मनोरञ्जन२०८३ असार १२, शुक्रबार १३:३५नीताको निर्देशनमा बनेको ‘पार्वती’को रत्यौली गीत ‘नौतुना रेलैमा’ सार्वजनिक
सूचना-प्रविधि२०८३ असार १२, शुक्रबार १२:०७राज्यकाे अर्बाैँ रकम बचत हुनेगरी सफ्टवेयरकाे लागि छुट्टै कार्यालय खोल्दै सरकार









