सस्पेन्स, प्रेम र एक्सनको संगम ‘राम नाम सत्य’को ट्रेलर सार्वजनिक

काठमाडौँ। आगामी चैत्र २७ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म *‘राम नाम सत्य’*को बहुप्रतिक्षित ट्रेलर सार्वजनिक गरिएको छ। काठमाडौंस्थित वान सिनेमाज हलमा आयोजित विशेष कार्यक्रममा सार्वजनिक गरिएको ट्रेलरले फिल्मप्रति दर्शकको उत्सुकता थप बढाएको छ। फिल्मका लेखक तथा निर्देशक माइकल चन्दको कथा, पटकथा र निर्देशनमा बनेको यस चलचित्रले सस्पेन्स, प्रेम र एक्सनको रोचक मिश्रण प्रस्तुत गर्ने संकेत दिएको छ।
सार्वजनिक ट्रेलरमा अभिनेता विराज भट्टको दमदार एक्सन अवतार र प्रभावशाली संवादले विशेष स्थान पाएको छ। साथै, सुशील श्रेष्ठ र दिव्या रायमाझीबीचको प्रेमकथा र विराज–सुशीलबीचको द्वन्द्वले ट्रेलरलाई अझ आकर्षक बनाएको छ।
फिल्ममार्फत नव–नायक आयुष सिंह ठकुरीको भूमिका पनि रहस्यमय रूपमा प्रस्तुत गरिएको छ, जसले कथामा नयाँ मोड ल्याउने संकेत गर्छ। यस्तै, नव–नायिका खुशी कार्कीले विराज भट्टसँग नृत्य गरेको ‘हुम्लाको सिमी’ बोलको गीतले पहिले नै चर्चा बटुलिसकेको छ।
फिल्ममा दिनेश डीसी, सुधिर श्रेष्ठ, आशा पौडेल, सन्तोष सरकार, विकास खनाल, रवि, सुशान्त कुमार श्रेष्ठ, उपेन्द्र शाही, रामेश्वर शाह, कनिज कोइराला, लोकेन्द्र जीसी, हेमा खड्का, दीपक कोइराला, विनुता विमली, सरोज शाहलगायत कलाकारहरूको अभिनय देख्न सकिन्छ। साथै, आयुष विक्रम शाही, अधिराज चन्द, संरचना चन्द र श्रृङ्खला बिष्ट बाल–कलाकारको रूपमा प्रस्तुत छन्।
माइकल इन्टरटेन्मेन्ट हाउसको ब्यानरमा निर्माण भएको यस फिल्ममा उपेन्द्र शाही र स्वेता विमलीको लगानी रहेको छ। कार्यकारी निर्मातामा किशोर भट्ट, राजेन्द्र भट्ट र अर्जुन सुनार छन् भने सह–निर्मातामा तेजराज चटौत र दमन बहादुर चन्द रहेका छन्।
प्राविधिक पक्षमा पनि फिल्म सशक्त देखिन्छ। मोती कार्की क्रियटिभ निर्माता, राजेन्द्र आचार्य लाइन प्रोड्यूसर रहेका छन्। बाबुल गिरी, अर्जुन पोखरेल, एसडी योगी र नवाज अन्सारीको संगीत रहेको फिल्ममा मानकृष्ण महर्जनको डीओपी, श्री श्रेष्ठको एक्सन निर्देशन, बन्दे प्रसादको सम्पादन तथा काला चरणको ब्याकग्राउन्ड स्कोर रहेको छ।
कार्यक्रममा बोल्दै अभिनेता विराज भट्टले फिल्म केवल एक्सनमा सीमित नभई प्रेम, सस्पेन्स र पारिवारिक भावनाले भरिएको बताएका थिए। उनले दर्शकले फिल्म मन पराउनेमा आफू विश्वस्त रहेको उल्लेख गरे।
त्यसैगरी, सुशील श्रेष्ठ, दिव्या रायमाझी र सुपुष्पा भट्टले पनि फिल्मप्रति आफ्नो उत्साह व्यक्त गरे। निर्देशक माइकल चन्दले करिब पाँच वर्षसम्म कथा विकासमा मेहनत गरेको उल्लेख गर्दै दर्शकको अपेक्षाअनुसार उत्कृष्ट प्रस्तुति दिने विश्वास व्यक्त गरे।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
खेलकुद२०८३ जेष्ठ १०, आईतवार १६:५९घुम्न गएका दुई जनाको शव बागमती नदी किनारमा भेटियो
कला, विचार/मनोरञ्जन२०८३ जेष्ठ १०, आईतवार १२:३८बियोन्डको नयाँ गीत ‘झिम झिम’ सार्वजनिक
कला, विचार/मनोरञ्जन२०८३ जेष्ठ १०, आईतवार ०७:५५कान्समा नेपाली फिल्मको उपलब्धि, ‘एलिफेन्ट्स इन द फग’लाई जुरी अवार्ड
कला, विचार/मनोरञ्जन२०८३ जेष्ठ १०, आईतवार ०७:५०कान्स फिल्म फेस्टिभलमा सहभागी भएर नेपाल फर्किइन् सुनिता डंगोल









