पहिलो गीतले पार गर्यो करोड, ‘लालीबजार’को दोस्रो गीत ‘मिठो संसार’ सार्वजनिक

काठमाडौं। षट्कोण आर्टसको निर्माणमा तयार भएको फिल्म ‘लालीबजार’को दोस्रो गीत ‘मिठो संसार’ सार्वजनिक गरिएको छ। फिल्मका मुख्य दृश्यहरू समेटेर बनाइएको यस लिरिकल गीतमा समीक्षा अधिकारीसँगै दिलिजा रुवाली, अलिशा शर्मा र पूर्णिमा तामाङको स्वर रहेको छ भने कोरसमा गुराँस ठकुरी र गायत्री राना मगरको साथ सुन्न सकिन्छ।
जयन जे वाइवाको शब्द तथा संगीतमा तयार गरिएको यो गीत भावनात्मक प्रस्तुतिका कारण विशेष बनेको छ। यसअघि सार्वजनिक पहिलो गीत ‘मायालाई के दिउँ म बैना’ युट्युबमा एक करोडभन्दा बढी भ्यूज पार गर्न सफल भएपछि निर्माण टिमले दोस्रो गीत सार्वजनिक गरेको हो। उक्त सफलतापछि निर्माण पक्षले केक काट्दै खुसी साटेको थियो।
‘मिठो संसार’ गीतमा स्वस्तिमा खड्का, प्रसंसा सुवेदी र बालकलाकार समाइरा थापा लगायत कलाकारहरूलाई फिचर गरिएको छ। निर्देशक यम थापाका अनुसार यो गीत फिल्मको कथासँग प्रत्यक्ष जोडिएको छ, जसमा आमा–छोरीबीचको आत्मीय सम्बन्ध, माया र संघर्षलाई संवेदनशील रूपमा प्रस्तुत गरिएको छ।
फिल्म ‘लालीबजार’ आगामी वैशाख १८ गतेबाट प्रदर्शनमा आउने तयारीमा छ। बर्दियाको राजापुरमा छायांकन गरिएको यस फिल्ममा स्वस्तिमा खड्का, रवीन्द्रसिंह बानियाँ, समाइरा थापा, मुकुन्दकुमार श्रेष्ठ, अभय बराल, प्रेम पाण्डे, आशा पौडेल, गोविन्द सुनार, आभा अर्याल, तारा शर्मा, रमेश वादी, सरस्वती अधिकारी, जानकी कठायत, निश्चल पन्थी, विरबल चौधरी, कुन्टल लगायत कलाकारहरूको अभिनय रहेको छ।
यसै फिल्ममार्फत विशाल देवकोटा र प्रसंसा सुवेदीले अभिनय यात्रा सुरु गरेका छन्। निर्देशक यम थापाको कथा तथा निर्देशनमा तयार भएको फिल्मको पटकथा र संवाद भने प्रदीप भट्टराईसँगको सहकार्यमा तयार पारिएको हो।
फिल्ममा प्रदीप भट्टराई कार्यकारी निर्माता रहेका छन् भने म्याक्स दीपेश खत्री र रवीन्द्रसिंह बानियाँ निर्माता हुन्। प्राविधिक टिममा क्रिएटिभ निर्देशक जेबी रुवाली, द्वन्द्व निर्देशक सम्राट बस्नेत, छायांकन निर्देशक सुशन प्रजापती, सम्पादक मित्रदेव गुरुङ, प्रोडक्सन हेड रुपकप्रताप अधिकारी, कलरिस्ट रेनिश फागो, भिएफएक्स समिर श्रेष्ठ र सत्यम राना, ब्याकग्राउण्ड स्कोर रोहित शाक्य र शैलेश श्रेष्ठ लगायतको योगदान रहेको छ। साथै, संगीतमा प्रकाश सपूत, खेम सेन्चुरी र जयन जे वाइवा संलग्न छन्।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ आश्विन १२, सोमबार २१:२१नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधिमा युवा खुलातर्फ सन्तोष बस्ताकोटीको उम्मेदवारी दर्ता
समाचार२०८३ आश्विन १२, सोमबार २०:२३बाढी-पहिरोका कारण ६२० मेगावाट बिजुली प्रणाली बाहिर
स्वास्थ्य/जानकारी टिप्स२०८३ आश्विन १२, सोमबार १७:२०काभ्रेपलाञ्चोकमा दुई महिनामा ४१ जनामा डेङ्गी सङ्क्रमण पुष्टि
स्वास्थ्य/जानकारी टिप्स२०८३ आश्विन १२, सोमबार १५:४१सरकारले जनसंख्या बढाउन बिदा र प्रोत्साहनको कानुनी व्यवस्था गर्दै









