जेठ ८ मा रिलिज हुने ‘काजी’को टिजर सार्वजनिक

काठमाडौँ। अभिनेता विपिन कार्कीको मुख्य भूमिका रहेको सिनेमा ‘काजी’को टिजरसँगै प्रदर्शन मिति घोषणा गरिएको छ। आइतबार सार्वजनिक गरिएको टिजरमार्फत सिनेमा आगामी जेठ ८ गतेबाट प्रदर्शनमा आउने जानकारी दिइएको हो।
‘काजी’प्रति अभिनेता कार्की निकै आशावादी देखिएका छन्। हालै एक कार्यक्रममा उनले यो फिल्मले दर्शकलाई विशेष अनुभूति दिने विश्वास व्यक्त गर्दै यसलाई भावनात्मक लभस्टोरीका रूपमा व्याख्या गरेका थिए। उनका अनुसार, फिल्मले अघिल्ला कामजस्तै दर्शकलाई सरप्राइज दिन सक्ने सम्भावना बोकेको छ। कथावस्तु प्रेम, सम्बन्ध र जीवनका उतारचढावमा केन्द्रित रहेको बताइएको छ।
सिनेमामा अभिनेत्री केकी अधिकारी कजिनी पात्रमा देखिएकी छन्। विवाहपछिको सम्बन्ध र प्रेमलाई संवेदनशील ढंगले प्रस्तुत गरिएको टिजरले दर्शकको ध्यान आकर्षित गर्न सफल भएको छ। भिजुअल प्रस्तुति आकर्षक देखिएको छ भने संवादले पनि कथाप्रति कौतुहलता बढाएको छ।
रामप्रसाद रिजालको प्रस्तुति रहेको यस सिनेमामा विपिन र केकीसँगै गरिमा शर्मा, प्रकाश घिमिरे, हेमन्त बुढाथोकी, विशाल पहारी, विनोद न्यौपाने, रश्मी भट्ट, हिउँवाला गौतम, सन्दिपबाबु लोहनी, रोजी श्रेष्ठ, गंगा शर्मा, नवराज गिरि, बुद्धी सागर खनाल, प्रशंसा सुवेदी, कृतिका शर्मा र बाल कलाकार दिक्षिता अर्याल लगायत कलाकारको अभिनय रहेको छ।
रिजाल एण्ड रिजाल प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्मलाई लक्ष्मण रिजालले निर्देशन गरेका हुन्। प्रदीप भारद्धाजको लेखन रहेको सिनेमामा चिन्तन राजभण्डारीको छायांकन, कालिप्रसाद बास्कोटाको संगीत, ओजस्वी ओझाको प्रोडक्सन डिजाइन, श्याम कुँवरको रंग संयोजन, सागर अर्यालको लोकेशन ध्वनि र सुजिल कर्माचार्यको पार्श्व संगीत रहेको छ।
क्रिएटिभ हेड रोनाल्ड श्रेष्ठ, नृत्य निर्देशक कविराज गहतराज, प्रोडक्सन हेड प्रकाश हमाल, सम्पादन सुपरभाइजर बनिश शाह र सम्पादक बिपिन मल्ल रहेका छन्। कार्यकारी निर्माता असिम काफ्ले तथा निर्माता नेहान रिजाल र विकासराज जोशी रहेको यस सिनेमालाई श्रीराम बालाजी फिल्मस्ले देशव्यापी रूपमा वितरण गर्नेछ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ भाद्र २१, आईतवार २०:४५कोरला नाकामा भन्सार र क्वारेन्टाइनमा कर्मचारी थप
कला, विचार/मनोरञ्जन२०८३ भाद्र २१, आईतवार १७:२३‘जदौ’ को रोमान्टिक ‘तिमीसँग नबोली’मा मा नीति र प्रभात पाल
कला, विचार/मनोरञ्जन२०८३ भाद्र २१, आईतवार ११:११‘हनुमान अंश’को दोस्रो भाग बन्ने, पहिलो फिल्मले कमायो १०० करोड
स्वास्थ्य/जानकारी टिप्स२०८३ भाद्र २१, आईतवार १०:१२बाँकेमा १६ जनाको डीएनए नमुना संकलन « रिपोर्टर्स नेपाल









