आजबाट शुरु « रिपोर्टर्स नेपाल

काठमाडौं । नेपाल भलिबल संघ (एनभीए) को आयोजनामा दसौं पीएम कप-एनभीए महिला तथा पुरुष भलिबल लिग आज (बिहीबार) बाट शुरु हुँदैछ।
काठमाडौंको त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा बैशाख १९ गतेसम्म चल्ने प्रतियोगिताको पहिलो दिन चार खेल हुँदैछन्।
पहिलो दिन महिला र पुरुषमा समान दुई-दुई गरि चार खेल हुन लागेका हुन् । बिहान ८ बजे शुरु हुने पहिलो खेलमा महिलातर्फ नेपाल एपीएफ क्लब र त्रिभुवन आर्मी क्लब भिड्ने छन्।
बिहान १० बजे हुने दोस्रो खेलमा महिलातर्फ नै नेपाल पुलिस क्लब र एभरेष्ट भलिबल क्लबबीच प्रतिस्पर्धा हुनेछ। मध्याह्न १२ बजे हुने दिनको तेस्रो तथा पुरुषको पहिलो खेलमा हेल्प नेपाल स्पोर्ट्स क्लब र बुढानीलकण्ठ भलिबल क्लब भिड्नेछन्।
प्रतियोगिताको उद्घाटन समारोह दिउँसो ३ बजे हुने आयोजकले जनाएको छ । त्यसपछि, अपरान्ह ४ बजे हुने आजको चौथो तथा अन्तिम खेलमा पुरुषको विभागीय टोली त्रिभुवन आर्मी क्लबले खिल्जी युथ क्लबसँग खेल्ने छ।
यस लिगमा गत पुस महिनामा काठमाडौंमै सम्पन्न नवौं एनभीए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपबाट छनोट भएका कुल १४ टोलीले प्रतिस्पर्धा गर्न लागेका हुन् । जसमा, महिलातर्फ ६ र पुरुषतर्फ ८ टोलीको सहभागिता रहेको छ।
महिलातर्फ सहभागी टोलीहरूमा न्यु डायमन्ड युथ स्पोर्ट्स क्लब, नेपाल पुलिस क्लब, नेपाल एपीएफ क्लब, सुदूरपश्चिम प्रदेश, त्रिभुवन आर्मी क्लब र एभरेष्ट भलिबल क्लब रहेका छन्।
पुरुषतर्फ हेल्प नेपाल स्पोर्ट्स क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, नेपाल एपीएफ क्लब, खिल्जी युवा क्लब, रुकुम पश्चिम भलिबल क्लब, कोशी प्रदेश र बुढानिलकण्ठ भलिबल क्लबले प्रतिस्पर्धा गर्दैछन्।
नेपाली भलिबल इतिहासमा हालसम्मकै सर्वाधिक पुरस्कार राशी रहेको यस प्रतियोगितामा महिला तथा पुरुष दुवैतर्फका विजेताले १० लाख रुपैयाँ, उपविजेताले ५ लाख रुपैयाँ र तेस्रो स्थान हासिल गर्ने टोलीले २ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछन्।
उत्कृष्ट खेलाडीलाई ६० हजार रुपैयाँ प्रदान गरिनेछ भने विधागततर्फ उत्कृष्ट सर्भर, ब्लकर, लिबेरो, स्पाइकर, सेटर र प्रशिक्षकलाई जनही ३० हजार रुपैयाँ पुरस्कार दिइने व्यवस्था गरिएको छ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ असार ५, शुक्रबार ०८:३२हिमाल घर्ती मगरको ‘ए साइली’ सार्वजनिक
खेलकुद२०८३ असार ५, शुक्रबार ०७:५८कतारको पोष्टमा क्यानडाको ६ गोल « रिपोर्टर्स नेपाल
समाचार२०८३ असार ४, बिहीबार १९:५०नेत्रावती डबजोङको आ.व. २०८३।०८४ को नीति तथा कार्यक्रम : सडक, शिक्षा, स्वास्थ्य र कृषिलाई प्राथमिकता
समाचार२०८३ असार ४, बिहीबार १७:५०दिगो विकास, सुशासन र रोजगारीलाई प्राथमिकता दिँदै नीलकण्ठको नीति तथा कार्यक्रम सार्वजनिक









