नेत्रावती डवजोङमा महिलाका लागि दुई महिने सिलाई–कटाई तालिम सुरु

आत्मनिर्भरता अभिवृद्धि गर्ने उद्देश्य
धादिङबेशी,१४ बैशाख । धादिङको नेत्रावती डवजोङ गाउँपालिकामा महिलालाई लक्षित गरी दुई महिने सिलाई–कटाई तालिम सुरु गरिएको छ। आइतबार गाउँपालिका–१ मार्पाकमा औपचारिक रूपमा सुरु गरिएको उक्त तालिम २०८३ असार १२ गतेसम्म सञ्चालन हुने जनाइएको छ।
महिलालाई सिपमूलक तालिममार्फत आत्मनिर्भर बनाउने उद्देश्यले गाउँपालिकाले “नेत्रावती डवजोङको अभियान, जनतामुखी प्रशासन, समृद्धि र सुशासन” भन्ने नारासहित कार्यक्रम सञ्चालन गरेको हो। तालिमले स्थानीय महिलामा सीप विकास गर्दै रोजगारी तथा आयआर्जनका अवसर सिर्जना गर्ने अपेक्षा गरिएको छ।
तालिमको उद्घाटन सत्रमा गाउँपालिकाका अध्यक्ष मेघनाथ रिजाल, उपाध्यक्ष सितामाया चोदेन तथा गाउँपालिका प्रवक्ता एवं वडा नं. १ का अध्यक्ष ठाकुर गुरुङलगायतले सहभागीलाई शुभकामना व्यक्त गर्नुभएको थियो । वक्ताहरूले यस्ता सिपमूलक कार्यक्रमले महिलाको आर्थिक सशक्तीकरणमा टेवा पुग्ने धारणा राख्नुभएको थियो ।
गाउँपालिकाले स्थानीय आवश्यकताअनुसार यस्ता तालिमलाई निरन्तरता दिने योजना रहेको जनाएको छ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ असार ३०, मंगलवार १३:२५निर्माता तथा गीतकार राकेश शाह
कला, विचार/मनोरञ्जन२०८३ असार २९, सोमबार ०८:१३‘गौँथली’को अनौठो प्रचार अभियान : डोकोमा घाँस बोकेर सडकमा उत्रिइन् अभिनेत्री सिम्रन
कला, विचार/मनोरञ्जन२०८३ असार २९, सोमबार ०८:०१‘ड्रेस टु इम्प्रेस’ १३ औँ संस्करणमा चार फेशन डिजाइनर भए उत्कृष्ट
कला, विचार/मनोरञ्जन२०८३ असार २९, सोमबार ०७:४४ईन्फा अवार्ड-२०२६ को उत्कृष्ट पाँच मनोनयन सार्वजनिक










