‘झिँगेदाउ २’ असोज २ मा रिलिज हुने

काठमाडौं। निर्देशक ज्ञानेन्द्र देउजाको निर्देशनमा बनेको फिल्म ‘झिँगेदाउ २’को प्रदर्शन मिति घोषणा गरिएको छ । मंगलबार चार मुख्य कलाकार समावेश पोस्टर सार्वजनिक गर्दै फिल्म आगामी असोज २ गते (संविधान दिवसको अवसरमा) देशव्यापी रूपमा प्रदर्शनमा आउने जानकारी दिइएको हो ।
यसअघि दशैंको फूलपातीमा प्रदर्शन गर्ने तयारी भए पनि सो मितिमा अन्य फिल्मसँग प्रतिस्पर्धा बढ्ने देखिएपछि सुरक्षित मितिका रूपमा असोज ३ रोजिएको निर्देशक देउजाले बताएका छन् ।
सार्वजनिक पोस्टरमा केकी अधिकारी, आँचल शर्मा, महेश त्रिपाठी र कुशल बिष्टलाई क्यारेक्टर लुक्समा प्रस्तुत गरिएको छ, जसले दर्शकमाझ फिल्मप्रति कौतूहलता बढाउने अपेक्षा गरिएको छ ।
कपनगढी सिनेमा प्रालि र फिल्म क्रिउ नेपालको संयुक्त ब्यानरमा निर्माण भएको फिल्ममा सरोज खनाल, आर्यन सिग्देल, महेश त्रिपाठी, केकी अधिकारी, आँचल शर्मा, कुशल बिष्ट, बसुन्धरा भुसाल, चैत्यदेवी सिंह, हिउँवाला गौतम, विजय देउजा, आशा भुसाल, अभय राज बराल र आशिष पुरुषलगायत कलाकारको अभिनय रहेको छ ।
निर्देशक देउजाकै कथा रहेको फिल्मको पटकथा परिच्छेद सेन, गोविन्द फुयाल र शिशिर चालिसेले लेखेका हुन् । रोशन श्रेष्ठको द्वन्द्व निर्देशन, रामजी लामिछानेको कोरियोग्राफी, अर्जुन पोखरेलको संगीत र मित्र डी गुरुङको सम्पादन रहेको छ ।
ईश्वर घिमिरे प्रोडक्सन म्यानेजर रहेको फिल्ममा पासाङ टी शेर्पा र मानिक पाख्रिन कला निर्देशक छन् । विष्णु घिमिरे ‘कल्पित’को छायांकन रहेको फिल्मका निर्माता सुलभ प्रतिक देउजा र समीक्षा देउजा हुन् ।
हाल फिल्मको डबिङ कार्य भइरहेको छ । काभ्रे, काठमाडौं, भक्तपुर, साँखु, तनहुँ, बन्दीपुर, देवघाट, दोलखा, चित्लाङ, पालुङ र चितवनका विभिन्न स्थानमा छायांकन गरिएको हो ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ आश्विन १२, सोमबार २१:२१नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधिमा युवा खुलातर्फ सन्तोष बस्ताकोटीको उम्मेदवारी दर्ता
समाचार२०८३ आश्विन १२, सोमबार २०:२३बाढी-पहिरोका कारण ६२० मेगावाट बिजुली प्रणाली बाहिर
स्वास्थ्य/जानकारी टिप्स२०८३ आश्विन १२, सोमबार १५:४१सरकारले जनसंख्या बढाउन बिदा र प्रोत्साहनको कानुनी व्यवस्था गर्दै
कला, विचार/मनोरञ्जन२०८३ आश्विन १२, सोमबार १०:१५‘द एभरेस्ट ड्रीम’ले शिम्लामा जित्यो स्पेशल जुरी अवार्ड









