दशौँ रारा पोखरा स्पोर्ट्स अवार्ड वैशाख ३१ मा, ९ विधामा सम्मान गरिने

पोखरा । गण्डकी प्रदेशका खेलकुद क्षेत्रका उत्कृष्ट प्रतिभालाई सम्मान गर्ने उद्देश्यसहित आयोजना हुँदै आएको “दशौँ रारा पोखरा स्पोर्ट्स अवार्ड–२०८२” यही वैशाख ३१ गते पोखरा इभेन्ट सेन्टरमा आयोजना हुने भएको छ। यसअघि वैशाख १८ गतेका लागि तय गरिएको कार्यक्रम विशेष कारणवश सारिएको नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले जनाएको छ।
वि.सं. २०५७ सालमा कास्कीबाट स्थापना भई हाल गण्डकी प्रदेशस्तरमा विस्तार भएको नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले २०७२ सालदेखि नियमित रूपमा पोखरा स्पोर्ट्स अवार्ड आयोजना गर्दै आएको छ। खेलाडीहरूको मनोबल उच्च राख्न र खेलकुद क्षेत्रको समग्र विकासमा टेवा पु¥याउने उद्देश्यले अवार्ड कार्यक्रमलाई निरन्तरता दिइएको हो।
यस वर्षको अवार्डमा ९ विधामा सम्मान प्रदान गरिनेछ। जसमा वर्ष खेलाडी (पुरुष तथा महिला), पिपुल्स च्वाइस अवार्ड, लाइफटाइम अचिभमेन्ट अवार्ड, उदियमान खेलाडी, उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट खेल संघ/संस्था वा क्लब, स्पेशल अवार्ड र उत्कृष्ट खेल पत्रकार अवार्ड समावेश छन्। यसपटक पिपुल्स च्वाइस र स्पेशल अवार्ड थप गरिएको विशेषता रहेको छ।
कार्यक्रमको मुख्य प्रायोजक हिम श्री फूड्स प्रालिको ‘रारा तयारी चाउचाउ’ रहेको छ। पिपुल्स च्वाइस अवार्डका लागि गुरुङ गहना घर र स्पेशल अवार्डका लागि नेलम्बो नेपालले प्रायोजन गरेका छन्।
अवार्ड प्रक्रियालाई पारदर्शी बनाउन प्रतिभा छनोट उपसमिति गठन गरिएको छ। पिपुल्स च्वाइस अवार्डका लागि ५ जना खेलाडी मनोनयनमा परेका छन् भने भोटिङ प्रक्रिया जारी रहेको छ। मनोनयनमा फुटबलका दीप कार्की, एथलेटिक्सकी नारायणी भण्डारी, भलिबलका राजन दर्लामी, क्रिकेटका विपिन खत्री र मुवा थाई/आईटीएफ तेक्वान्दोकी सुस्मिता थापा रहेका छन्।
अवार्ड सफल बनाउन विभिन्न समिति तथा उपसमिति गठन गरिएका छन्। मूल आयोजक समितिको संयोजकमा मञ्चका अध्यक्ष मानबहादुर घर्ति (एमबी आस्था) रहेका छन् भने सह–संयोजकमा राजाराम पौडेल र उमा आले छन्। अन्य उपसमितिमा मञ्चका पदाधिकारी तथा पूर्व अध्यक्षहरूलाई जिम्मेवारी दिइएको छ।
मञ्चका महासचिव परशुराम शर्माले पत्रकार तथा सरोकारवालाहरूलाई कार्यक्रममा उपस्थित भई साथ र सहयोग गर्न आग्रह गरेका छन्। सबैको सहभागिताले कार्यक्रम भव्य, सभ्य र अर्थपूर्ण बन्ने विश्वास व्यक्त गरिएको छ।
कार्यक्रम सफल बनाउन गण्डकी प्रदेश सरकार, प्रदेश खेलकुद परिषद् गण्डकी, पोखरा महानगरपालिका, राष्ट्रिय खेलकुद परिषद् काठमाडौं, कास्की जिल्ला खेलकुद विकास समिति, रुपा गाउँपालिका, माछापुच्छ्रे गाउँपालिका, अन्नपूर्ण गाउँपालिका र मादी गाउँपालिकाको विशेष सहयोग रहनेछ।
यसैगरी मुख्य प्रायोजक हिम श्री फूड्स प्रालिको ‘रारा तयारी चाउचाउ’, सह–प्रायोजक गुरुङ गहना घर प्रालि (न्यूरोड, पोखरा) र केल्मी नेपाल प्रालि रहेका छन्। भोटिङ पार्टनर खल्ती (आईएमई), हस्पिटालिटी पार्टनर प्लाजा होटल ग्रुप (होटल क्राउन प्लाजा, नक्साल, काठमाडौं), फ्र्याङ्कलिन एजुकेशन कन्सल्टेन्सी र टेम्पल बेल बुटिक होटल एण्ड स्पा (लेकसाइड, पोखरा) रहेका छन् भने अफिसियल एयरलाइन्स यति एयरलाइन्स रहेको छ।
त्यसैगरी विभिन्न संघसंस्था, पूर्व खेलाडी, निजी क्षेत्र तथा प्रवासी नेपाली समुदायबाट समेत कार्यक्रमलाई सहयोग रहने बताइएको छ।
पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=21450, citypokhara.com
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ श्रावण ३०, शनिबार ०६:२१गण्डकीमा ‘शुद्ध बोल्छ गण्डकी, शुद्ध लेख्छ गण्डकी’ अभियान सुरु
समाचार२०८३ श्रावण २९, शुक्रबार १७:२८‘पोखरा घर’बाट पाँच सेवा, स्थानीय उत्पादनदेखि पर्यटन प्रवर्धनसम्म जोड
समाचार२०८३ श्रावण २९, शुक्रबार १०:३९मोदी खोला बाढी: मन्दिरमा फसेका तीन जनाको सकुशल उद्धार
समाचार२०८३ श्रावण २९, शुक्रबार ०६:३१गण्डकी प्रदेश प्रमुखसमक्ष मुख्य न्यायाधिवक्ताको प्रतिवेदन पेश









