५१ किलो अफिमसहित १ जना पक्राउ

धादिङ- इलाका प्रहरी कार्यालय गजुरीले ठूलो परिमाणमा प्रतिबन्धित लागू औषधसहित एक जनालाई पक्राउ गरेको छ ।
प्रहरीले ५१ किलोग्राम अफिम र ३ सय किलो ग्राम गाँजासहित बेनीघाट रोराङ गाउँपालिका वडा नम्बर २ हाँवाङ निवासी ३५ वर्षीय वीरबहादुर तामाङलाई पक्राउ गरेको हो।
तामाङको साथबाट एक थान भरुवा बन्दुकसमेत बरामद गरिएको जिल्ला प्रहरी कार्याय धादिङका सुचना अधिकारी प्रहरी नयाव उपरिक्षक प्रकाश दाहालले जानकारी दिनुभयो ।
जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार तामाङको घरबाट अफिम जोख्न प्रयोग गरिएका दुई वटा तराजुसमेत बरामद गरिएकका छन ।
लागूऔषध लुकाइछिपाइ बिक्री वितरण भइरहेको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय गजुरीबाट खटिएको प्रहरी टोलीले खानतलासी गर्दा उक्त परिमाणको लागूऔषध फेला पारेको हो ।
यसैगरी सोही स्थानमा गरिएको थप खानतलासीका क्रममा बेनीघाट रोराङ गाउँपालिका वडा नम्बर २ कै २८ वर्षीय विराज तामाङ र २८ वर्षीय कान्छा तामाङको घरबाट दुई थान भरुवा बन्दुकसमेत बरामद गरिएको छ ।
इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी नायव उपरिक्षक सुरज कार्कीको कमाण्डमा खटिएको टोलीले लागु औषध कारोवार भइरहेको सुचनाको आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका सबैलाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय गजुरीमा राखिएको प्रहरीले जनाएको छ ।
दुवै जनाविरुद्ध हातहतियार तथा खरखजाना सम्बन्धी कसुरमा मुद्दा चलाइ कानुनी प्रक्रिया अघि बढाइएको छ ।।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ जेष्ठ १०, आईतवार १२:३८बियोन्डको नयाँ गीत ‘झिम झिम’ सार्वजनिक
खेलकुद२०८३ जेष्ठ ९, शनिबार ०७:०१हैदरावाद ५५ रनले विजयी « रिपोर्टर्स नेपाल
स्वास्थ्य/जानकारी टिप्स२०८३ जेष्ठ ८, शुक्रबार २२:५९क्यान्सरको उपचारमा प्रयोग हुने औषधि अभाव
खेलकुद२०८३ जेष्ठ ८, शुक्रबार १७:३३अमेरिकाविरुद्धको खेलमा नेपालले सहज जित









