स्कटल्यान्डमाथि नेपालको सहज जित, रोहित र ईशानको उत्कृष्ट ब्याटिङ

काठमाडौं। आईसीसी विश्वकप लिग–२ क्रिकेटमा नेपालले स्कटल्याण्डलाई ६ विकेटले पराजित गरेको छ।
कप्तान रोहित पौडेल र ईशान पाण्डेको उत्कृष्ट साझेदारीले नेपालले सहजै खेल जित्यो ।
१९५ रनको लक्ष्य नेपालले ३८.१ ओभरमा चार विकेट गुमाएर पूरा गर्यो ।
खेलमा रोहित ७४ रनमा अविजित रहे भने ईशानले ५५ रन बनाए । आसिफ शेखले २९ र कुशल भुर्तेलले २८ रन जोडे। बलिङतर्फ स्कटल्याण्डका मार्क वाटले दुई तथा ब्रेन्डन म्याकमुलेनले एक विकेट लिए।
टस जितेर ब्याटिङ थालेको स्कटल्याण्ड ३९.१ ओभरमा १९४ रनमा अलआउट भयो।
बलिङतर्फ नेपालका ललित राजवंशीले चार तथा सन्दीप लामिछानेले तीन विकेट लिँदा नन्दन यादव, दीपेन्द्रसिंह ऐरी र सोमपाल कामीले एक–एक सफलता हात पारे।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ असार ६, शनिबार २१:३६ज्वालामूखीको नीति तथा कार्यक्रम र बजेट सर्वसम्मत पारित, ५७ करोड ९० लाख बजेट विनियोजन
कला, विचार/मनोरञ्जन२०८३ असार ६, शनिबार १९:४८ज्योति राजको ‘नाक्छोङ’लाई विशेष चलचित्र पुरस्कार, राष्ट्रपति पौडेलद्वारा सम्मान प्रदान
कला, विचार/मनोरञ्जन२०८३ असार ६, शनिबार १९:२८‘रातो घेरा’ मा दयाहाङ र मिरुना
स्वास्थ्य/जानकारी टिप्स२०८३ असार ६, शनिबार १४:२३ऋषि धमला « रिपोर्टर्स नेपाल









