हिमाली सांस्कृतिक परिवारलाई कार्कीको ५ लाख सहयाेग घाेषणा, ढकालको सवा लाख सहयोग

पाेखरा । नेपाली लोकसंस्कृतिको संरक्षण, संवर्द्धन र विकासमा तीन दशकदेखि सक्रिय हिमाली सांस्कृतिक परिवारले आफ्नै सांस्कृतिक भवन निर्माण अभियानलाई तीव्रता दिएको छ। स्थायी पूर्वाधार निर्माण गर्ने लक्ष्यसहित संस्थाले सहयोग संकलन अभियान सञ्चालन गरिरहेको जनाएको छ।
वि.सं. २०५४ सालमा “नेपाली लोक संस्कृति बचाऔँ” भन्ने नाराका साथ स्थापना भएको संस्थाले हाल पोखरा–९ पृथ्वीचोकस्थित कार्यालय छाड्नुपरेपछि आफ्नै जग्गा खरिद गरी सुविधासम्पन्न सांस्कृतिक भवन निर्माण गर्ने योजना अघि सारेको हो। हाल संस्थाको कार्यालय तमु धिं नेपाल परिसरमा सञ्चालन भइरहेको छ।
भवन निर्माण अभियानलाई व्यवस्थित बनाउन संस्थाका मानार्थ सदस्य तथा वरिष्ठ समाजसेवी टिका बहादुर कार्कीको संयोजकत्वमा ‘हिमाली सांस्कृतिक परिवार भवन निर्माण समिति’ गठन गरिएको छ। समितिले पोखरामा करिब दुई रोपनी जग्गामा कार्यालय, सभाहल, संग्रहालय तथा पार्किङसहितको भवन निर्माण गर्ने लक्ष्य लिएको छ।
यसै क्रममा संस्थाका सल्लाहकार, पोखरा प्रज्ञा प्रतिष्ठानका संस्थापक कुलपति, लेखनाथ साहित्य प्रतिष्ठानका अध्यक्ष तथा गायक–साहित्यकार पद्मराज ढकालले भवन निर्माण अभियानका लागि रु. १ लाख २५ हजार ७८९ सहयोग हस्तान्तरण गकेा छन् ।
सहयोग हस्तान्तरण गर्दै ढकालले नेपाली लोकसंस्कृतिको संरक्षणमा हिमाली सांस्कृतिक परिवारले पुर्याएको योगदान प्रशंसनीय रहेको बताए । स्वर्गीय मेनकाजी गुरुङसँगको सहकार्य र लोकसंस्कृतिप्रतिको आफ्नो लगावका कारण हिमालीप्रति विशेष आत्मीयता रहेको उल्लेख गर्दै उनले भवन निर्माण अभियानमा सबैको साथ र सहयोग आवश्यक रहेको धारणा व्यक्त गरे।
अभियानका लागि भवन निर्माण समिति संयोजक टिका बहादुर कार्कीले रु. ५ लाख, सल्लाहकार सुबेदार मेजर जसबहादुर गुरुङले रु. १ लाख तथा बुद्धिमान दुरा धम्पुले रु. ७० हजार २०० सहयोग गर्ने घोषणा गरेका छन् ।
त्यसैगरी, कार्यालय व्यवस्थापनका लागि चिजा गुरुङले रु. १८ हजार सहयोग प्रदान गरेका छन् भने अशोक पालिखेले छ महिनासम्म मासिक कार्यालय खर्चस्वरूप रु. ३६ हजार सहयोग गर्ने घोषणा गरेकाे संस्थाका सचिव डबिन गुरुङले जानकारी दिए ।
भवन निर्माण अभियानमा संस्थाका पदाधिकारी, कार्यसमिति सदस्य तथा कलाकारहरूले समेत सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
संस्थाका अध्यक्ष ज्ञानबहादुर थापाको अध्यक्षता तथा सचिव डबिन गुरुङको सञ्चालनमा सम्पन्न संरक्षक, मानार्थ सदस्य, सल्लाहकार र कार्यसमिति सदस्यहरूको छलफल कार्यक्रममा संरक्षक नरबहादुर शेरचन, मानार्थ सदस्य खेमबहादुर गुरुङ तथा सल्लाहकारहरू अशोक पालिखे, दीपेन्द्र श्रेष्ठ र हुमबहादुर गुरुङलगायतले अभियान सफल बनाउन सामूहिक प्रयास आवश्यक रहेको बताएका थिए।
पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=21761, citypokhara.com
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ जेष्ठ १९, मंगलवार १४:२२हिमाली सांस्कृतिक परिवारलाई कार्कीको ५ लाख सहयाेग घाेषणा, ढकालको सवा लाख सहयोग
समाचार२०८३ जेष्ठ १८, सोमबार १८:५३विश्व खाद्य स्वच्छता दिवस : साताव्यापी सचेतना र अनुगमन कार्यक्रम सञ्चालन हुने
समाचार२०८३ जेष्ठ १७, आईतवार २३:५५एकल महिलाको नेतृत्व विकासमा जाेड
समाचार२०८३ जेष्ठ १७, आईतवार २३:२७सीमान्तकृत महिलाको राजनीतिक सहभागिता बढाउन मिडियाको भूमिका अपरिहार्य





