सरकार शासकीय सुधारका सय वटा कार्यसूचीमा केन्द्रित छ :स्वास्थ्यमन्त्री

सरकार शासकीय सुधारका सय वटा कार्यसूचीमा केन्द्रित छ :स्वास्थ्यमन्त्री

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले सरकार शासकीय सुधारका सय वटा कार्यसूचीमा केन्द्रित भएर काम गरिरहेको बताएकी छिन् ।

आइतबार मन्त्रालयका सञ्चारकमीसँगको भेटघाटमा उनले प्रधानमन्त्री बालेन शाहले उक्त कार्यसूचीमा काम गर्न निर्देशन दिएकाले त्यसलाई सम्पन्न गर्न आफूहरूको ध्यान केन्द्रित भएको बताएकी हुन् ।

‘हाम्रो आफ्नै कार्यव्यस्तता थियो । किनकी हाम्रो मेट टार्गेट भनेको नै सय बुँदा थियो । यसलाई कसरी कम्पिलिट गर्ने ? हामीलाई माथि बाटै सम्माननीयज्यू (प्रधानमन्त्री) को मेन निर्देशन शासकीय सुधारको जुन हन्ड्रेड प्वाइन्ट्स थियो । त्यसलाई कसरी कम्प्लिट गर्ने भनेर सबै उतातिर फोकस भयौं,’ मेहताले भनिन् ।

आफ्नो मन्त्रालयले कम्तीमा १५ दिनमा सञ्चारकर्मीहरूसँग भेटघाट गरी मन्त्रालयको कामकारबाहीका बारेमा जानकारी गराउने पनि बताइन् ।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
यो पनि पढ्नुहोस् :  ‘एआई एक्सरे’बाट क्षयरोग सङ्क्रमित खोज्दै ‘तुलसीपुर’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 5   +   4   =