हेमजामा ‘हिले हङ्गा’ तयारी पुरा: असार १५ मा हिलोमै फुटबल र भलिबल खेलिने

पोखरा ।
पोखराको हेमजामा ‘छैटौं हेमजा हिले महोत्सव’को सम्पूर्ण तयारी पुरा भएको छ। ‘कृषिमा कृषकलाई प्रोत्साहन: विष्णुपादुका मन्दिर हेमजाको सान’ भन्ने मूल नाराका साथ देवीस्थान सेवा समाज हेमजाको आयोजनामा यो विशेष महोत्सव हुन लागेको हो। कृषि पर्यटनको प्रवर्द्धन गर्ने र कृषकहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजना गरिएको यस महोत्सवका लागि खेत हिल्याउने कार्य समेत सम्पन्न भइसकेको छ।
यस पटक महोत्सवलाई थप रोमाञ्चक बनाउन हिलोमा खेलिने भलिबल र फुटबल प्रतियोगिता मुख्य आकर्षणका रूपमा रहनेछन्। यसका साथै हिले दौड, जोडी दौड, रस्साकस्सी, घैटो फुटाउने, र आमा समूहहरू बीच असारे भाका गायन प्रतियोगिता पनि आयोजना गरिनेछ। परम्परागत संस्कृतिलाई जोगाउन विद्यालय स्तरीय धान रोपाई प्रतियोगिता र कृषि झाँकी प्रदर्शन गरिनुका साथै हिलोभित्र भाले तथा माछा समाउने रोचक प्रतिष्पर्धाहरू पनि समेटिएका छन्। कृषकहरूको सम्मानका लागि उत्कृष्ट किसान सम्मान कार्यक्रम समेत राखिएको छ।
महोत्सवमा विभिन्न स्थानीय कलाकारहरूको विशेष सांगीतिक तथा सांस्कृतिक प्रस्तुतिहरू रहनेछन् भने प्रतियोगिताका विजेताहरूलाई आकर्षक नगद पुरस्कार, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ। पोखरा महानगरपालिका वडा नं. २५ हेमजाकी कार्यवाहक वडा अध्यक्ष धन कुमारी पोख्रेल तिम्सिनाको प्रमुख आतिथ्यतामा उद्घाटन हुने यो कार्यक्रम असार १५ गते बिहान ठिक ९:३० बजे विष्णुपादुका माई स्थान मन्दिरबाट झाँकी सहित सुरु भई मिलचोक परिक्रमा गर्दै देवीस्थान टोलस्थित महोत्सव स्थलमा पुग्नेछ।
पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=21998, citypokhara.com
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ श्रावण ६, बुधबार २१:२१पोखरा–१४ मा वडाध्यक्ष कार्कीको संयोजकत्वमा मानव बेचबिखन विरुद्ध स्थानीय समिति गठन
समाचार२०८३ श्रावण ६, बुधबार १३:४५विवाह उमेर हद बाल हितविपरीत: अन्तर्राष्ट्रिय कानुनअनुकूल संशोधन गर्न जोड
समाचार२०८३ श्रावण १, शुक्रबार २०:५४कास्कीमा जिल्ला प्रशासनको वार्षिक प्रगति सार्वजनिक: फेवातालकाे सुरक्षादेखि बजार अनुगमनसम्मका विषयमा प्रश्न
समाचार२०८३ श्रावण १, शुक्रबार २०:२३उच्च अदालत पोखरामा ७५ प्रतिशत मुद्दा फर्छयाैट, न्याय सम्पादनलाई थप प्रभावकारी बनाइने







