‘वातावरण संरक्षण सबैको साझा दायित्व’ : प्रदेशसभा सदस्य गुरुङ

पोखरा । गण्डकी प्रदेशसभा सदस्य गणेशमान गुरुङले वातावरण संरक्षण सबैको साझा दायित्व भएकाले यसको संरक्षणमा हरेक नागरिक सचेत र जिम्मेवार बन्नुपर्ने बताएका छन्।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेशको आयोजना तथा मानव अधिकार रक्षकको सञ्जाल गण्डकी प्रदेशको समन्वयमा आयोजित ‘वातावरण र मानव अधिकार ‘ सम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले दिगो विकाससँगै वातावरण संरक्षणलाई भावी पुस्तासम्म सुरक्षित रूपमा हस्तान्तरण गर्नुपर्ने आवश्यकता औँल्याए। जलवायु परिवर्तनका बढ्दो असर न्यूनीकरणका लागि वृक्षारोपण, वन संरक्षण तथा डिजेल–पेट्रोलको प्रयोग घटाउन सबैले पहल गर्नुपर्नेमा उनले जोड दिए।
गैरसरकारी संस्था महासंघका निवर्तमान अध्यक्ष रामप्रसाद सुवेदीले जलवायु परिवर्तन र वातावरणीय न्याय सुनिश्चित गर्नु आजको प्रमुख आवश्यकता भएको बताए।
शान्तिका लागि नागरिक समाज सञ्जालकी संयोजक विना सिलुवालले वातावरण संरक्षणका विषयमा बोल्नुभन्दा व्यवहारमै परिवर्तन ल्याउन आवश्यक रहेको बताइन्। प्रकृतिसँग मैत्रीपूर्ण जीवनशैली अपनाउँदै सौहार्दपूर्ण वातावरण निर्माणमा सबैको सक्रिय भूमिका हुनुपर्ने उनको भनाइ थियो।
इन्सेक गण्डकी प्रदेशका संयोजक गणेश भण्डारीले ‘जलवायु संकट र मानव अधिकार प्रवर्द्धनमा सरोकारवालाको भूमिका’ विषयमा कार्यपत्र प्रस्तुत गरे। त्यसैगरी राष्ट्रिय मानव अधिकार आयाेग नेपाल गण्डकी प्रदेश कार्यालयकी प्रमुख उपसचिव नितु गर्तौलाले ‘जलवायु परिवर्तन र मानव अधिकार’ विषयमा प्रस्तुति दिइन्।
कार्यक्रममा सहभागी विभिन्न संघसंस्थाका प्रतिनिधिहरूले वातावरण संरक्षणलाई अभियानका रूपमा अघि बढाउन तथा जलवायु परिवर्तनका असर न्यूनीकरणका लागि सबै पक्षले संयुक्त रूपमा काम गर्नुपर्नेमा जोड दिएका थिए।

मानव अधिकार रक्षकको सञ्जाल गण्डकी प्रदेशका संयोजक रामहरि ढुंगानाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा इन्सेककी अभिलेख अधिकृत मंगिता नेपालीले स्वागत मन्तव्य व्यक्त गरेकी थिइन् भने सञ्जालकी महासचिव सावित्री घिमिरेले कार्यक्रम सञ्चालन गरेकी थिइन्।
पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=22008, citypokhara.com
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ श्रावण ३०, शनिबार ०६:२१गण्डकीमा ‘शुद्ध बोल्छ गण्डकी, शुद्ध लेख्छ गण्डकी’ अभियान सुरु
समाचार२०८३ श्रावण २९, शुक्रबार १७:२८‘पोखरा घर’बाट पाँच सेवा, स्थानीय उत्पादनदेखि पर्यटन प्रवर्धनसम्म जोड
समाचार२०८३ श्रावण २९, शुक्रबार १०:३९मोदी खोला बाढी: मन्दिरमा फसेका तीन जनाको सकुशल उद्धार
समाचार२०८३ श्रावण २९, शुक्रबार ०६:३१गण्डकी प्रदेश प्रमुखसमक्ष मुख्य न्यायाधिवक्ताको प्रतिवेदन पेश








