इक्यान र आइप्यानबीच रणनीतिक साझेदारी: ‘स्टडी इन नेपाल’ अभियानलाई संयुक्त रूपमा अगाडि बढाइने

काठमाडौं । नेपाललाई अन्तर्राष्ट्रिय शिक्षाको केन्द्रका रूपमा स्थापित गर्ने उद्देश्यका साथ नेपाल शैक्षिक परामर्श संघ (इक्यान) र इन्टरनेसनल एजुकेसन प्रोभाइडर्स एसोसिएसन अफ नेपाल (आइप्यान) बीच आज रणनीतिक समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
गुणस्तरीय शिक्षाको सुनिश्चितता गर्न, उच्च शिक्षाको अन्तर्राष्ट्रियकरणलाई प्रवर्द्धन गर्न र ‘स्टडी इन नेपाल’ अभियानलाई प्रभावकारी रूपमा अघि बढाउन दुई संस्थाबीच सोमबार समझदारी पत्रमा हस्ताक्षर भएको हो।
सम्झदारी अनुसार अब इक्यानका सदस्य संस्थाहरूले आइप्यानका सदस्य कलेज तथा शैक्षिक संस्थाहरूमा सञ्चालन हुने शैक्षिक कार्यक्रम, अध्ययनका अवसर, भर्ना प्रक्रिया, प्रवेश मापदण्ड, छात्रवृत्ति, र करियर सम्भावनाबारे प्रत्यक्ष पहुँच प्राप्त गर्नेछन्। यसबाट विद्यार्थी तथा अभिभावकलाई अझ तथ्यपरक, अद्यावधिक र गुणस्तरीय शैक्षिक परामर्श सेवा प्रदान गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
’स्टडी इन नेपाल’ र अन्तर्राष्ट्रिय प्रवर्द्धन
रणनीतिक साझेदारीको महत्त्वपूर्ण पक्षका रूपमा दुवै संस्थाले ‘स्टडी इन नेपाल’ अभियानलाई संयुक्त रूपमा प्रवर्द्धन गर्ने प्रतिबद्धता जनाएका छन्। नेपाललाई अन्तर्राष्ट्रिय विद्यार्थीहरूको आकर्षक अध्ययन गन्तव्यका रूपमा स्थापित गर्न अन्तर्राष्ट्रिय विद्यार्थी भर्ना, शैक्षिक ब्रान्डिङ, अनुसन्धान, अन्तर्राष्ट्रिय साझेदारी र शैक्षिक कूटनीतिलाई सशक्त बनाइने विज्ञप्तिमा उल्लेख छ। यस अभियानमार्फत नेपालको उच्च शिक्षा प्रणालीलाई विश्व समुदायमाझ प्रवर्द्धन गर्दै विदेशी विद्यार्थी र अनुसन्धानकर्ताहरूलाई नेपालसँग जोड्ने लक्ष्य राखिएको छ।
सम्झदारीपत्रमा हस्ताक्षर गर्दै इक्यानका अध्यक्ष लक्ष्मण पौडेल (एन्ड्रु) र आइप्यानका अध्यक्ष लक्ष्मण केसीले यस सहकार्यले नेपालको अन्तर्राष्ट्रिय शिक्षा क्षेत्रलाई थप व्यवस्थित, प्रतिस्पर्धी र विद्यार्थीमैत्री बनाउन महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरे । साथै,उनीहरूले ‘स्टडी इन नेपाल’ अभियानलाई राष्ट्रिय अभियानका रूपमा अघि बढाउन सरकार, विश्वविद्यालय, निजी क्षेत्र तथा अन्तर्राष्ट्रिय साझेदारहरूसँग सहकार्य विस्तार गर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ आश्विन ११, आईतवार १६:२८चार भाषामा सार्वजनिक भयो ‘प्रतिवैरम्’ को गीत ‘माहोल गरम’
समाचार२०८३ आश्विन ११, आईतवार १५:२५लालबकैया नदीको कटान तीव्र,जोखिमयुक्त क्षेत्रको निरन्तर निगरानी
समाचार२०८३ आश्विन ११, आईतवार १५:१६कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा,धादिङ पनि खोलियो कार्यालय
समाचार२०८३ आश्विन १०, शनिबार २०:४९पश्चिमी क्षेत्रमा भारी वर्षा कायमै, भोलिसम्म सतर्कता अपनाउन आग्रह









