सिंहदरबारभित्रै स्वास्थ्य सेवाः कर्मचारी र सेवाग्राहीलाई राहत

काठमाडौँ । सिंहदरबारभित्र कार्यरत निजामती कर्मचारी र त्यहाँ पुग्ने सेवाग्राहीलाई तत्काल स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यका साथ निजामती कर्मचारी अस्पताल (सिभिल अस्पताल) को सेवा इकाई सञ्चालनमा आएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय भवनको भुइँतलामा उक्त सेवा इकाई स्थापना गरी औपचारिक रूपमा सञ्चालनमा ल्याइएको हो ।
कार्यस्थलमै प्रारम्भिक स्वास्थ्योपचार र परीक्षणको व्यवस्था मिलाउने सरकारको यो कदमलाई निजामती प्रशासनभित्र सकारात्मक रूपमा हेरिएको छ ।
मन्त्रालयका अनुसार कर्मचारीहरूले सामान्य स्वास्थ्य जाँच तथा परीक्षणका लागि पनि कार्यालय नै छोडेर अस्पतालसम्म धाउनुपर्ने बाध्यतालाई कम गर्न यो इकाई स्थापना गरिएको हो । सिंहदरबारभित्रै स्वास्थ्य सेवा उपलब्ध भएपछि कर्मचारीहरूको समय बचत हुने र सेवा प्रवाहमा समेत अवरोध नआउने विश्वास लिइएको छ ।
साथै, मीनभवनस्थित निजामती कर्मचारी अस्पतालमा दिनानुदिन बढ्दै गएको सेवाग्राहीको अत्यधिक चापलाई व्यवस्थित गर्न र भीडभाड कम गर्नसमेत यो मन्त्रालयस्तरीय इकाईले सघाउने मन्त्रालयको भनाइ छ ।
नयाँ सञ्चालनमा आएको सेवा इकाईबाट प्रारम्भिक स्वास्थ्य जाँच, रगत परीक्षण र आकस्मिक एवं सामान्य स्वास्थ्य समस्याका लागि आवश्यक चिकित्सकीय परामर्श उपलब्ध हुनेछ ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ असार १९, शुक्रबार १७:१२नेत्रावती डवजोङ गाउँपालिकामा सार्वजनिक सुनुवाइ सम्पन्न
कला, विचार/मनोरञ्जन२०८३ असार १९, शुक्रबार १६:४१शिक्षा, प्रेम र सामाजिक बन्धनको मार्मिक कथा बोकेको ‘गौँथली’ को ट्रेलर सार्वजनिक
स्वास्थ्य/जानकारी टिप्स२०८३ असार १९, शुक्रबार १६:१९सिंहदरबारभित्रै स्वास्थ्य सेवाः कर्मचारी र सेवाग्राहीलाई राहत
स्वास्थ्य/जानकारी टिप्स२०८३ असार १९, शुक्रबार १२:३८स्वास्थ्य बिमा बोर्डले दियो २३ अर्ब ४४ करोडभन्दा बढी दाबी भुक्तानी









