लोभ, लालच, जालझेल र ठगीको कथा ‘भागदौड’को ट्रेलर सार्वजनिक

लोभ, लालच, जालझेल र ठगीको कथा ‘भागदौड’को ट्रेलर सार्वजनिक

ट्रेलरले आधुनिक समाजमा देखिने लोभ, लालच, जालझेल र ठगीजस्ता पक्षहरूबाट उत्पन्न हुने नैतिक संकटको कथा बोकेको संकेत गरेको छ ।


काठमाडौँ। चलचित्र ‘भागदौड’को ट्रेलर सार्वजनिक भएको छ । निर्माण टिमले आइतबार ओएसआर डिजिटल युट्युब च्यानलमार्फत चलचित्रको २ मिनेट लामो ट्रेलर सार्वजनिक गरेको हो ।

सार्वजनिक ट्रेलरमा मानिसको दैनिक जीवनको निरन्तर दौडधुप, संघर्ष र यथार्थलाई केन्द्रमा राखेको छ । ट्रेलरले आधुनिक समाजमा देखिने लोभ, लालच, जालझेल र ठगीजस्ता पक्षहरूबाट उत्पन्न हुने नैतिक संकटको कथा बोकेको संकेत गरेको छ । विशेषगरी सिनेमाको मुख्य भूमिकामा देखिएका अभिनेता विशाल पोखरेल नेपाल प्रहरीको बर्दीमा फिट देखिएका छन् । उनलेको क्यारेक्टरले दर्शकलाई सरप्राइज दिने दाबी अभिनेता पोखरेलको छ ।

चलचित्रमा विशालसहित अनीशा श्रेष्ठ, घनश्याम जोशी, सारा राई, शेखर चापागाईं, देशभक्त खनाल, लक्ष्मी गिरी, शंकर महर्जन र सुभाष तिमिल्सिना लगायतका कलाकारहरूको अभिनय रहेको छ । यो चलचित्र हिमाल उप्रेतीको लेखन र निर्देशनमा निर्माण भएको हो । विश्वराम विष्ट प्रस्तुतकर्ता रहेको सिनेमा यही असार २६ गते शुक्रबारबमट देशव्यापी प्रदर्शन हुनेछ ।

अंगिरा थापा कार्यकारी निर्माता रहेको चलचित्रका सह-निर्मातामा भूपेन्द्र कुमार खड्का, सागर पुरी र सुरेश गिरी रहेका छन् । सुप्रिम म्युजिक एण्ड फिल्म्सको ब्यानरमा निर्माण भएको सिनेमामा दीपक बज्राचार्यको छायांकन, प्रवीन ढकालको सम्पादन, वसन्त सापकोटा र प्रकाश नेपालीको संगीत रहेको छ ।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
यो पनि पढ्नुहोस् :  कमल एक्चै मगरको ‘बाछिटा’ले जित्यो नगद एक लाख पचास हजार
लेखकसँग सम्बन्धित खबरहरु

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 6   +   2   =