निजी अस्पतालमा ३ प्रतिशत ‘स्वास्थ्य समता शुल्क’ लाग्ने

निजी अस्पतालमा ३ प्रतिशत ‘स्वास्थ्य समता शुल्क’ लाग्ने

काठमाडौं । साउन १ गतेदेखि निजी अस्पताल तथा अन्य निजी स्वास्थ्य संस्थाबाट सेवा लिने बिरामीले उपचारमा थप ३ प्रतिशत ‘स्वास्थ्य समता शुल्क’ तिर्नुपर्ने भएको छ । सरकारले आर्थिक विधेयक, २०८३ मार्फत निजी स्वास्थ्य सेवामा ३ प्रतिशत शुल्क लागू गर्ने व्यवस्था गरेसँगै नयाँ आर्थिक वर्षको सुरुआतदेखि नै यो नियम कार्यान्वयनमा आउन लागेको हो ।

नयाँ व्यवस्थाअनुसार निजी अस्पताल, नर्सिङ होम, पोलिक्लिनिक, प्रयोगशाला (ल्याब) तथा निजी मेडिकल कलेजबाट उपचार सेवा लिने बिरामीले सबै प्रकारका सेवा शुल्कमा अतिरिक्त ३ प्रतिशत रकम बुझाउनुपर्नेछ ।

आर्थिक विधेयकमा उक्त शुल्कबाट संकलन हुने रकम गुणस्तरीय स्वास्थ्य सेवामा नागरिकको पहुँच विस्तार तथा स्वास्थ्य पूर्वाधार निर्माणमा खर्च गरिने उल्लेख छ ।

विधेयकअनुसार निजी स्वास्थ्य संस्थाले बिरामीबाट संकलन गरेको स्वास्थ्य समता शुल्कको विवरणसहितको रकम प्रत्येक चौमासिक अवधि समाप्त भएको २५ दिनभित्र सम्बन्धित आन्तरिक राजस्व कार्यालयमा दाखिला गरिसक्नुपर्नेछ । समयमा शुल्क दाखिला नगरेमा वार्षिक १५ प्रतिशतका दरले ब्याज र जरिवानासमेत लाग्ने व्यवस्था विधेयकमा गरिएको छ ।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
यो पनि पढ्नुहोस् :  इन्टर्नसिप गरिरहेका चिकित्सकहरूले माइतिघरमा गरे प्रदर्शन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 5   +   6   =