ला लिगा प्रमुखको आरोपः ‘फिफाले फुटबल उद्योगलाई ध्वस्त पार्दैछ’

काठमाडौं, साउन ५ । स्पेनिस फुटबल लिग (ला लिगा)का अध्यक्ष जाभियर टेबासले सन् २०३० को विश्वकप ६४ टोलीसम्म विस्तार गर्ने सम्भावनाबारे भइरहेको छलफललाई लिएर फिफामाथि गैरजिम्मेवार ढङ्गले अघि बढेको आरोप लगाएका छन् ।
मङ्गलबार प्रकाशित इटालियन खेल दैनिक ला ग्याजेटा डेलो स्पोर्टसँगको अन्तर्वार्तामा उनले फिफा अध्यक्ष जियानी इन्फान्टिनोको नेतृत्वकाल समाप्त भइसकेको टिप्पणी गर्दै वर्तमान व्यवस्थालाई ‘आधारभूत रूपमै त्रुटिपूर्ण प्रणाली’को संज्ञा दिए ।
“फुटबल उद्योग भनेको केवल विश्वकप मात्र होइन, चाहे त्यो जतिसुकै महत्त्वपूर्ण किन नहोस्,” उनले भने । उनका अनुसार फिफाले ४० दिनसम्म सञ्चालन हुने सीमित अवधिको प्रतियोगितालाई प्राथमिकता दिँदै हजारौँ रोजगारी सिर्जना गर्ने समग्र फुटबल उद्योगलाई कमजोर बनाइरहेको छ ।
गत जुनमा भएको विश्वकप उद्घाटन समारोहका क्रममा इन्फान्टिनोले सन् २०३० को विश्वकपको शताब्दी संस्करणलाई ६४ टोलीसम्म विस्तार गर्ने विषयमा छलफल भइरहेको बताएका थिए । उक्त विश्वकप मुख्य रूपमा स्पेन, पोर्चुगल र मोरक्कोमा आयोजना हुनेछ भने पाराग्वे, उरुग्वे र अर्जेन्टिनामा पनि केही खेल सञ्चालन हुनेछन् । बासले प्रतियोगिताको व्यस्त तालिकाप्रति आफूहरूले पटक–पटक चिन्ता व्यक्त गर्दै आएको उल्लेख गर्दै ६४ टोलीको विश्वकपले फुटबल क्यालेन्डरलाई अझ जटिल बनाउने बताए ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ आश्विन ११, आईतवार १५:२५लालबकैया नदीको कटान तीव्र,जोखिमयुक्त क्षेत्रको निरन्तर निगरानी
समाचार२०८३ आश्विन ११, आईतवार १५:१६कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा,धादिङ पनि खोलियो कार्यालय
समाचार२०८३ आश्विन १०, शनिबार २०:४९पश्चिमी क्षेत्रमा भारी वर्षा कायमै, भोलिसम्म सतर्कता अपनाउन आग्रह
समाचार२०८३ आश्विन १०, शनिबार १६:३२देश रोएका बेला परदेश बस्न नसक्ने एनआरएनए उपाध्यक्ष लोकप्रसाद दाहाल









