लायन्स क्लब अफ पोखरा बाराही टाउनद्वारा तीनदिने हस्तकला तालिम सम्पन्न

पोखरा । लायन्स क्लब अफ पोखरा बाराही टाउनले आयोजना गरेको तीनदिने हस्तकला तालिम शुक्रबार सम्पन्न भएको छ। जसमा १८ जना महिलाहरुले तालिम लिई प्रत्यक्ष लाभान्वित भएका छन् ।
तालिम समापन कार्यक्रमका प्रमुख अतिथि डिस्ट्रिक्ट ३२५ आईका डिस्ट्रिक्ट चिफ एडभाइजर लायन ऋषि गिरीले तालिममा तयार गरिएका कुशन, गुडिया तथा अन्य हस्तकलाका सामग्रीको बजारीकरणमा ध्यान दिन सुझाव दिए। उनले लायन्स क्लब अफ पोखरा बाराही टाउन महिला क्लब भए पनि डिस्ट्रिक्टकै उत्कृष्ट क्लबहरूमध्ये एक बन्न सफल भएको उल्लेख गरे।
क्लबका संस्थापक अध्यक्ष तथा डिस्ट्रिक्ट एक्जुकेटिभ लायन रोजी श्रेष्ठले तालिममा कुशन, गुडिया तथा मकैको खोस्टाबाट बुके फूल बनाउन सिकाइएको बताईन् । उनले यस्ता सीपमूलक तालिमले महिलालाई आत्मनिर्भर बन्न सहयोग पुग्ने विश्वास व्यक्त गरिन्।
सिमलटुडा टोल विकास संस्थाका अध्यक्ष भक्तराज रसाइलीले तालिमले स्थानीय महिलालाई प्रत्यक्ष लाभ पुगेको बताए। आगामी दिनमा पनि यस्ता सीपमूलक कार्यक्रम सञ्चालन भए टोल विकास संस्थाले सहकार्य गर्ने उनको भनाइ थियो।
तालिमका प्रशिक्षक तथा क्लबकी कोषाध्यक्ष सावित्रा पराजुलीले धन्यवाद ज्ञापन गर्दै अन्य क्लब वा संस्थाले अनुरोध गरेमा भविष्यमा पनि निःशुल्क हस्तकला तालिम सञ्चालन गर्न तयार रहेको जानकारी दिइन्।
कार्यक्रमका अध्यक्ष तथा लायन्स क्लब अफ पोखरा बाराही टाउनकी अध्यक्ष लायन लक्ष्मी ठकुरी न्यौपानेले सिमलटुडा टोल विकास संस्थासँग सहकार्य गर्दै आगामी दिनमा थप सीपमूलक तालिम सञ्चालन गरिने र स्थानीय महिलालाई आयआर्जन तथा रोजगारीसँग जोड्ने वातावरण बनाइने बताइन्।

डिस्ट्रिक्ट कोअर्डिनेटर (भोकेसनल ट्रेनिङ) चिफ लायन सोनी तामाङले महिलाले आर्थिक रूपमा आत्मनिर्भर बन्नुपर्नेमा जोड दिँदै आयआर्जनका अवसर सिर्जना गर्न घरबाहिर निस्केर सीप सिक्न आवश्यक रहेको बताइन्।
कार्यक्रममा डिस्ट्रिक्टको “Caring by Sharing” भन्ने मूल नारालाई सार्थक बनाउन क्लबले खेलेको भूमिकाको प्रशंसा गर्दै प्रमुख अतिथि गिरीले क्लब अध्यक्ष लायन लक्ष्मी ठकुरी न्यौपानेलाई अन्तर्राष्ट्रिय पिन प्रदान गरी सम्मान गरे।
प्रशिक्षार्थीहरूले विगत नौ वर्षदेखि शिमलटुडामा यस्ता सीपमूलक तालिम सञ्चालन नभएको उल्लेख गर्दै लायन्स क्लबले आयोजना गरेको तालिमबाट नयाँ सीप सिक्ने अवसर पाएको र आफूहरू उत्साहित भएको प्रतिक्रिया दिए।
समापन कार्यक्रममा डिस्ट्रिक्ट असिस्टेन्ट चिफ एडभाइजर लायन शान्ता थापा, डिस्ट्रिक्ट असिस्टेन्ट चिफ एडभाइजर लायन सूर्यनारायण बराल, डिस्ट्रिक्ट एडमिनिस्ट्रेटर लायन युवराज खनाल, डिस्ट्रिक्ट कोअर्डिनेटर (भोकेसनल ट्रेनिङ) चिफ लायन सोनी तामाङ, सिमलटुडा टोल विकास संस्थाका अध्यक्ष भक्तराज रसाइली तथा पुण्यभूमि आमा समूहकी अध्यक्ष मीना सापकोटालगायतको उपस्थिति रहेकाे कार्यक्रमकाे सञ्चालन क्लबकी सचिव लक्ष्मीदेवी शर्माले गरेकी थिइन्।
पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=22206, citypokhara.com
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ भाद्र २८, आईतवार १७:२७छेङ्दुमा १२ नेपाली युवा: सुपरकम्प्युटिङ र रोबोटिक्सदेखि प्राचीन सभ्यतासम्मको यात्रा
समाचार२०८३ भाद्र २८, आईतवार ०४:००रेवान पोखराको अध्यक्षमा वसन्त गौतम सर्वसम्मत
समाचार२०८३ भाद्र २५, बिहीबार २१:३७प्रदेश प्रमुखसमक्ष प्रदेश लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेस
समाचार२०८३ भाद्र २५, बिहीबार १३:२४होटल संघ पोखराद्वारा राहत कोषमा २९ लाख बढी सहयोग








