मधेशमा ९१ दशमलव ५५ प्रतिशतमा क्षेत्रफलमा रोपाइँ सम्पन्न

जनकपुरधाम– मधेश प्रदेशमा रोपाइँ अन्तिम चरणमा पुगेको छ । मधेस प्रदेश कृषि विकास निर्देशनालयका अनुसार हालसम्म मधेस प्रदेशभर तीन लाख ५० हजार ११८ दशमलव ८८ हेक्टर क्षेत्रफलमा रोपाइँ सम्पन्न भएको छ । जुन कुल रोपाइँयोग्य क्षेत्रफलको ९१ दशमलव ५५ प्रतिशत हो ।
मधेस प्रदेशका आठ जिल्लामध्ये सिरहामा सबैभन्दा बढी १०० प्रतिशत रोपाइँ सम्पन्न भएको छ । सिरहामा ५४ हजार हेक्टर क्षेत्रफलमा धान खेती हुने भएकामा सोही क्षेत्रफलमा रोपाइँ सम्पन्न भएको मधेस प्रदेश कृषि विकास निर्देशनालयका बागबानी अधिकृत किरण विश्वकर्माले जानकारी दिनुभयो ।
सप्तरीमा ९० प्रतिशत रोपाइँ सम्पन्न भएको छ । सप्तरीमा ६८ हजार हेक्टर क्षेत्रफलमा धान खेती हुने भएकामा हालसम्म ६१ हजार २०० हेक्टर क्षेत्रफलमा रोपाइँ भएको छ ।
धनुषामा ८५ प्रतिशत रोपाइँ भएको छ । जिल्लामा ४३ हजार ९०० हेक्टर क्षेत्रफलमा धान खेती हुने लक्ष्य रहेकामा हालसम्म ३७ हजार ३१५ हेक्टर क्षेत्रफलमा रोपाइँ सम्पन्न भएको कृषि विकास निर्देशनालयले जनाएको छ ।
त्यस्तै महोत्तरीमा ७४ दशमलव ७७ प्रतिशत, सर्लाहीमा ९४ प्रतिशत, रौतहटमा ९३ प्रतिशत, बारामा ९५ प्रतिशत तथा पर्सामा ९१ प्रतिशत रोपाइँ सम्पन्न भएको छ ।
मधेश प्रदेशमा कुल तीन लाख ८२ हजार ४३३ हेक्टर क्षेत्रफलमा धान खेती हुने अनुमान गरिएको छ । अनुकूल वर्षा र पर्याप्त सिँचाइ सुविधाका कारण यस वर्ष रोपाइँ सन्तोषजनक रूपमा अघि बढेको अधिकृत विश्वकर्माको भनाइ छ ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ भाद्र ३०, मंगलवार १६:२२नेपाल क्षयरोग निवारण संस्था धादिङको अध्यक्षमा श्रीकृष्ण अधिकारी चयन
कला, विचार/मनोरञ्जन२०८३ भाद्र ३०, मंगलवार ०८:१९‘१२ गाउँ २’ को ब्रेकडान्स शैलीको ‘जुनेली’ सार्वजनिक
स्वास्थ्य/जानकारी टिप्स२०८३ भाद्र २९, सोमबार २१:३६रसुवा बाढीका ३४१ बिरामीमध्ये २७८ घर फर्किए
समाचार२०८३ भाद्र २९, सोमबार २०:३०बाढीपछिको पुनःस्थापनाका लागि स्रोतको कुनै कमी हुँदैनः प्रधानमन्त्री शाह








