धादिङका पूर्वाधार आयोजनाको प्रगति ८५ प्रतिशतभन्दा माथि पुर्याउने कार्यालयहरूको प्रतिबद्धता

धादिङ, साउन १६
धादिङ जिल्लामा सञ्चालित सबै प्रकारका पूर्वाधार विकासका कार्यक्रम तथा योजनाको चालु आर्थिक वर्ष २०८३/८४ मा भौतिक तथा वित्तीय प्रगति ८५ प्रतिशतभन्दा माथि पुर्याउने गरी कार्ययोजना तयार पारेर प्रभावकारी रूपमा कार्यान्वयन गर्ने प्रतिबद्धता सम्बन्धित सरकारी कार्यालयहरूले जनाएका छन्।
जिल्ला प्रशासन कार्यालय धादिङमा शुक्रबार आयोजित आर्थिक वर्ष २०८२/८३ को वार्षिक समीक्षा तथा चालु आर्थिक वर्ष २०८३/८४ का योजना कार्यान्वयनसम्बन्धी छलफल कार्यक्रममा सम्बन्धित कार्यालयहरूले लक्ष्यअनुसार प्रगति हासिल गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन्। प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेयको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्लामा सञ्चालित विकास आयोजनाको समग्र अवस्था, चुनौती र आगामी कार्यदिशाबारे समीक्षा गरिएको थियो।
कार्यक्रममा धादिङ क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य बोधनारायण श्रेष्ठले सडक, भवन, खानेपानी, सिँचाइ लगायत प्रदेश तथा संघीय सरकारअन्तर्गत सञ्चालित पूर्वाधार योजनाको कार्यान्वयनमा थप प्रभावकारिता, गुणस्तर र समयपालनमा विशेष ध्यान दिन सम्बन्धित निकायलाई आग्रह गर्नुभयो।
समीक्षाका क्रममा राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत रहेको नौबिसे–मुग्लिन सडक आयोजनामा विद्युत् पोल समयमै स्थानान्तरण हुन नसक्दा निर्माण कार्य प्रभावित भएको तथा बिटुमिन अभावका कारण अपेक्षित प्रगति हासिल गर्न कठिनाइ भएको जानकारी गराइएको थियो।
त्यस्तै, खानेपानी, जलाधार, सिँचाइ, सहरी विकास तथा पूर्वाधारसँग सम्बन्धित प्रदेश र संघीय कार्यालयहरूले गत आर्थिक वर्षमा सम्पन्न भएका योजना, चालु आयोजनाको अवस्था तथा यस आर्थिक वर्षमा सञ्चालन गरिने कार्यक्रमबारे प्रस्तुति दिएका थिए।
बैठकमा उपभोक्ता समिति तथा ठेक्का प्रणालीमार्फत सञ्चालन हुने योजनाको प्रभावकारी अनुगमन, फिल्डस्तरमा अनुगमन पुस्तिका अनिवार्य रूपमा प्रयोग गर्ने, अनुगमनकर्ताले लिखित सुझाव तथा प्रतिवेदन अनिवार्य रूपमा उपलब्ध गराउने व्यवस्थालाई कडाइका साथ लागू गर्ने विषयमा समेत छलफल भएको थियो।
समीक्षा कार्यक्रममा प्रतिनिधिसभा सदस्यद्वय बोधनारायण श्रेष्ठ र आशिका तामाङ, सुरक्षा निकायका प्रमुख तथा विभिन्न सरकारी कार्यालयका प्रमुखहरूको सहभागिता रहेको थियो।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ भाद्र ८, सोमबार ०९:४३‘मिसेस भोग सीजन फोर’ को घोषणा » Celebrity Nepal
खेलकुद२०८३ भाद्र ८, सोमबार ०८:२९बार्सिलोनाको फराकिलो जित
कला, विचार/मनोरञ्जन२०८३ भाद्र ७, आईतवार २२:५६ललितपुरकी तिशा शाक्यले जितिन् मिस नेवाः नेपालको ताज
समाचार२०८३ भाद्र ७, आईतवार २०:४७लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्ने मन्त्री चौधरीको प्रतिबद्धता









