स्वदेशमा रिलिजअघि नै ‘बेहुली’को विदेशी बजारमा माग, प्रमुख देशका प्रदर्शन अधिकार बिक्री

काठमाडौं । आगामी भदौ २६ गतेदेखि नेपालमा प्रदर्शनमा आउने फिल्म ‘बेहुली’ले स्वदेशमा रिलिजअघि नै अन्तर्राष्ट्रिय बजारमा राम्रो व्यापार गरेको छ। निर्माण टिमका अनुसार फिल्मका प्रमुख विदेशी बजारका प्रदर्शन अधिकार बिक्री भइसकेका छन्।
निर्माण पक्षले सार्वजनिक गरेका पोस्टरअनुसार अस्ट्रेलिया, उत्तर अमेरिका, मध्यपूर्व र बेलायतका लागि वितरण अधिकार बिक्री भइसकेको हो।
अस्ट्रेलियाको प्रदर्शन अधिकार आशिष एन्ड नमस्ते इन्टरटेन्मेन्टले खरिद गरेको छ। त्यहाँ पनि फिल्म नेपालमै प्रदर्शन हुने मितिअनुसार भदौ २६ गते रिलिज हुनेछ।
अमेरिका र क्यानडासहित उत्तर अमेरिकाको प्रदर्शन अधिकार चलचित्र इन्टरटेन्मेन्ट मुभी डिस्ट्रिब्युसनले लिएको छ भने दुबई, कतार र बहराइनलगायत मध्यपूर्वका देशमा साथीभाइ इन्टरटेन्मेन्टले फिल्म प्रदर्शन गर्नेछ। यी बजारमा पनि फिल्म भदौ २६ गते नै रिलिज हुनेछ।
बेलायतको प्रदर्शन अधिकार ९७७ इभेन्ट्सले खरिद गरेको छ। त्यहाँ भने फिल्म असोज १६ गतेदेखि प्रदर्शनमा आउने तय भएको छ।
निर्माण टिमले अहिले फिल्मको प्रचारप्रसारलाई तीव्र बनाएको छ। हालसम्म फिल्मको फर्स्ट लुक पोस्टर र पहिलो गीत सार्वजनिक भइसकेका छन्। हालै सार्वजनिक भएको ‘दिलमा ठाउँ छ’ बोलको लोकशैलीको गीतले दर्शकबाट सकारात्मक प्रतिक्रिया पाइरहेको निर्माण पक्षले जनाएको छ।
निर्माण टिमका अनुसार गीतले युट्युबमा करिब ३० लाख भ्युज र टिकटकमा ६ लाखभन्दा बढी भिडियो प्राप्त गरिसकेको छ। फिल्मका अन्य गीत र ट्रेलर भने सार्वजनिक हुन बाँकी छन्।
सशान कँडेलको निर्देशन तथा माधव शर्माको लेखन रहेको फिल्ममा पारस बम ठकुरी (कुल ब्वाइ), दिव्या रायमाझी, सुशान्त कार्की, पदम तामाङ, सन्तोष बानियाँ, सरिता गिरी, विशाल पहारी, कर्मा लामा, दीपक गौली, विमल यादव, अविरल श्रेष्ठ, सविन कट्टेल र समायरा थापा मगरलगायत कलाकारको अभिनय रहेको छ।
द डिभाइन म्युजिक र सम्मान इन्टरटेन्मेन्टको संयुक्त ब्यानरमा बनेको फिल्मका प्रस्तुतकर्ता अर्जुन पोखरेल हुन्। प्रताप शमशेर राणा निर्माता रहेको फिल्ममा शङ्कर कोइराला र रमेश सिलवाल कार्यकारी निर्माता, दुर्गा खरेल र शिशिर श्रेष्ठ सह-निर्माता तथा कोसिस राज क्षेत्री र सम्राट क्षेत्री लाइन प्रोड्युसर रहेका छन्।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
स्वास्थ्य/जानकारी टिप्स२०८३ आश्विन १, बिहीबार १४:२१जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान « रिपोर्टर्स नेपाल
कला, विचार/मनोरञ्जन२०८३ आश्विन १, बिहीबार ०८:५८एक योद्धा’को दोस्रो ट्रेलर सार्वजनिक » Celebrity Nepal
समाचार२०८३ भाद्र ३१, बुधबार १९:०९दुई सातामै कृष्णभीरमा नयाँ ट्र्याक,पृथ्वी राजमार्ग सञ्चालनमा
स्वास्थ्य/जानकारी टिप्स२०८३ भाद्र ३१, बुधबार १४:०७स्तन क्यान्सर सचेतनाका लागि असोज १७ मा ‘पिंकवाक २०२६’ आयोजना हुँदै, वसन्तपुरदेखि पाटनसम्म पदयात्रा









