‘मास्टर्नी’को ट्रेलर सार्वजनिक, आमा–छोरीको सम्बन्ध र अपराधको रोमाञ्चक कथा

काठमाडौं । आयंका फिल्म्सको प्रस्तुतिमा बनेको फिल्म ‘मास्टर्नी’को ट्रेलर सार्वजनिक गरिएको छ। यसअघि सार्वजनिक पोस्टर र टिजरले दिएको कथाको संकेतलाई ट्रेलरले थप स्पष्ट पारेको छ।
क्राइम थ्रिलर तथा फ्यामिली ड्रामा जनरामा बनेको फिल्मको ट्रेलरमा आमा–छोरीबीचको भावनात्मक सम्बन्ध र छोरीको सुरक्षाका लागि आमाले गर्ने संघर्षलाई मुख्य रूपमा प्रस्तुत गरिएको छ।
ट्रेलरमा प्रियंका कार्की जोशी, सिम्रन खड्का, दीपकराज गिरी, दीपाश्री निरौला, सन्दीप क्षेत्री, प्रमोद अग्रहरी, ऋचा शर्मा, आर्यन सिग्देल, दिनेश काफ्ले र रक्षा थापालगायत कलाकारको अभिनय देख्न सकिन्छ। ट्रेलरमा राजेन्द्र मोक्तानको कलर तथा मुकेश शाहको ध्वनि मिश्रण रहेको छ।
सुवेन्दु घोष निर्देशित फिल्मलाई प्रियंका कार्की जोशी, आयुष्मान जोशी, क्याबिनेट श्रेष्ठ र प्रनित कार्कीले संयुक्त रूपमा निर्माण गरेका हुन्। सुरक्षा सिंह मल्होत्रा र सिमोस सुनुवार कार्यकारी निर्माता रहेका छन्। फिल्मको पोस्ट–प्रोडक्सनको काम नेपाल र भारतमा भइरहेको निर्माण पक्षले जनाएको छ।
फिल्मको कथा प्रियंका कार्कीले लेखेकी हुन् भने पटकथा शान बस्नेतले तयार पारेका छन्। संवाद लेखनमा पनि प्रियंका र शानको सहकार्य रहेको छ। युवराज इन्दोरियाको छायांकन, राजा सिंह सिदुको सम्पादन, रोहित शाक्यको संगीत तथा त्रिशाला गुरुङको स्वर रहेको फिल्म भदौ ५ गतेदेखि प्रदर्शनमा आउनेछ।
फिल्मको पोस्टर डिजाइन तथा पब्लिसिटी ट्राइडेन्ट कन्सेप्ट टिमले गरेको हो भने नेपालमा आरआर फिल्म्सले वितरण गर्नेछ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ आश्विन २२, बिहीबार २१:४०नेपालकी प्राची तोमर ‘मिसेस इन्टरनेशनल ग्लोबल २०२६’ मा चौथो रनरअप
कला, विचार/मनोरञ्जन२०८३ आश्विन २२, बिहीबार २१:१३पल मलिकासँगै रातो टीका लाउदा क्या दामी देखियो सामूहिक डान्स
समाचार२०८३ आश्विन २२, बिहीबार २१:१०जग्गा हदबन्दीको समस्या समाधानका लागि पहल
समाचार२०८३ आश्विन २२, बिहीबार १८:४८पाँचौँ वार्षिकोत्सवमा लाङ्घाली डेन्टलको उपचार सेवामा ५० प्रतिशत छुट









