काठमाडौं अडिसनबाट मिस युनिभर्स नेपाल २०२६ का २५ प्रतियोगी छनोट

काठमाडौं अडिसनबाट मिस युनिभर्स नेपाल २०२६ का २५ प्रतियोगी छनोट


काठमाडौं । दीपल प्रिजेन्ट्स मिस युनिभर्स नेपाल २०२६ को काठमाडौं अडिसन सम्पन्न भएको छ। बिहीबार सोल्टी होटलमा आयोजित अडिसनबाट ग्रान्ड फिनालेका लागि २५ प्रतियोगी छनोट भएका छन्।

आयोजकका अनुसार अडिसनमा कुल १०६ जनाको सहभागिता रहेको थियो। जसमा गैरआवासीय नेपाली (एनआरएन) युवतीहरूको पनि सहभागिता थियो।

मिस युनिभर्स नेपाल २०२६ की राष्ट्रिय निर्देशक संगीता पुरीका अनुसार सहभागीहरूको आत्मविश्वास, प्रतिभा र व्यक्तित्वको मूल्याङ्कनपछि उत्कृष्ट २५ जनालाई छनोट गरिएको हो। छनोट भएका प्रतियोगीहरूले अब ग्रान्ड फिनालेअघि विशेष तालिम, मेन्टरसिप तथा व्यक्तित्व विकाससम्बन्धी विभिन्न प्रशिक्षणमा सहभागी हुनेछन्।

यसअघि इटहरीमा सम्पन्न अडिसनबाट ३० सहभागीमध्ये पाँच जना छनोट भइसकेका छन्। प्रतियोगिताको ग्रान्ड फिनाले आगामी सेप्टेम्बर ६ मा सोल्टी होटलमै आयोजना हुनेछ।
यस वर्षको प्रतियोगिताको मुख्य प्रायोजक विद्युतीय सवारीसाधन ब्रान्ड दीपल रहेको छ।

त्यसैगरी नेपालकै अग्रणी प्रविधि ब्रान्ड एक्स–एज र अमृत शुद्ध सूर्यमुखी तेल सह–प्रायोजकका रूपमा आबद्ध छन्। सहभागीहरूको व्यक्तिगत तथा व्यावसायिक विकासका लागि उत्कृष्ट वातावरण निर्माण गर्न सबै साझेदार संस्था प्रतिबद्ध रहेको आयोजकले जनाएको छ।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
यो पनि पढ्नुहोस् :  ‘मास्टर्नी’को ट्रेलर सार्वजनिक, आमा–छोरीको सम्बन्ध र अपराधको रोमाञ्चक कथा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 6   +   3   =