पोखरामा बीवाईडीको आधिकारिक सर्भिस सेन्टर सञ्चालनमा

पोखरा । पोखरामा बीवाईडीको आधिकारिक सर्भिस सेन्टर सञ्चालनमा आएको छ। यससँगै पोखरामा बीवाईडीको थ्री–एस (सेल्स, सर्भिस र स्पेयर पार्ट्स) सेवा पूर्ण रूपमा उपलब्ध भएको छ।
नेपालका लागि बीवाईडी अटो इन्डष्ट्री कम्पनी लिमिटेडको आधिकारिक वितरक साइमेक्स इंक प्रा.लि.ले आफ्नो आधिकारिक डिलर फ्ल्यास मोबिलिटी प्रा.लि.मार्फत पोखरा महानगरपालिका–१०, बुद्धचोकस्थित सर्भिस सेन्टर सञ्चालनमा ल्याएको हो। यसबाट गण्डकी प्रदेश तथा आसपासका क्षेत्रका बीवाईडी ग्राहकले अझ सहज, भरपर्दो र गुणस्तरीय बिक्रीपछिको सेवा प्राप्त गर्ने कम्पनीले जनाएकाे छ ।
सर्भिस सेन्टरको उद्घाटन पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले गरेका थिए । कार्यक्रममा कम्पनीले नेपालभर बिक्रीपछिको सेवा सञ्जाल विस्तारलाई तीव्रता दिइरहेको उल्लेख गर्दै पोखरामा आधिकारिक सर्भिस सेन्टर सञ्चालनमा आउनु महत्वपूर्ण उपलब्धि भएको जनाएको छ। कम्पनीका अनुसार यसले ग्राहकलाई बिक्रीपछि पनि उच्चस्तरीय र विश्वसनीय सेवा उपलब्ध गराउने प्रतिबद्धतालाई थप मजबुत बनाएको छ।
यसअघि पोखराका बीवाईडी ग्राहकले कम्पनीबाट तालिमप्राप्त थर्ड पार्टी सर्भिस पार्टनरमार्फत सेवा लिँदै आएका थिए। अब भने आधिकारिक सर्भिस सेन्टर सञ्चालनमा आएसँगै अत्याधुनिक प्राविधिक सेवा, जेन्युइन स्पेयर पार्ट्स, विशेष उपकरण तथा कम्पनीबाट तालिमप्राप्त प्राविधिकको सेवा एउटै स्थानबाट प्राप्त गर्न सक्नेछन्।
उद्घाटन कार्यक्रममा साइमेक्स इंकका हेड अफ सर्भिस सुशील तण्डुकारले बीवाईडीको सवारी खरिदसँगै ग्राहकसँगको सम्बन्ध सुरु हुने र सम्पूर्ण स्वामित्व अवधिभर उत्कृष्ट तथा इमानदार सेवा प्रदान गर्नु कम्पनीको दायित्व रहेको बताए। उनले विद्युतीय सवारीको बजार विस्तारसँगै देशभरको सेवा सञ्जाललाई थप सुदृढ बनाउँदै प्रत्येक ग्राहकलाई विश्वसनीय र सहज सेवा उपलब्ध गराउन कम्पनी प्रतिबद्ध रहेको उल्लेख गरे ।
करिब ७ हजार २३३ वर्गफिट क्षेत्रफलमा फैलिएको अत्याधुनिक सर्भिस सेन्टर विशेष रूपमा विद्युतीय सवारीसाधनको मर्मत तथा सेवाका लागि निर्माण गरिएको हो। सेन्टरमा चारवटा आधुनिक भेइकल लिफ्ट, हाई–भोल्टेज प्रणालीका लागि छुट्टै कार्यक्षेत्र, जेन्युइन स्पेयर पार्ट्स स्टोरेज, डेडिकेटेड वासिङ बे तथा अन्य आवश्यक प्राविधिक पूर्वाधार रहेका छन्। कम्पनीका अनुसार सेन्टरले दैनिक १५ देखि १६ वटा सवारीसाधनलाई सेवा दिन सक्ने क्षमता राख्छ।
ग्राहकले यहाँ नियमित मर्मत, ब्याट्री परीक्षण, मेकानिकल तथा इलेक्ट्रिकल रिपेयर, डेन्ट–पेन्ट, रोडसाइड असिस्टेन्स, वारेन्टी सेवा, जेन्युइन स्पेयर पार्ट्स तथा डेडिकेटेड सर्भिस एडभाइजर र सीआरएम टोलीमार्फत व्यक्तिगत ग्राहक सेवा प्राप्त गर्न सक्नेछन्।
कम्पनीका अनुसार पोखरामा आधिकारिक सर्भिस सेन्टर सञ्चालनमा आउनुले नेपालमा विद्युतीय सवारीको बिक्रीसँगै बिक्रीपछिको सेवा सञ्जाललाई पनि थप सुदृढ बनाउनेछ।
आगामी नाइमा मोबिलिटी एक्स्पो २०२६ मा नयाँ पुस्ताका विद्युतीय सवारी सार्वजनिक गर्ने तयारी गरिरहेको बीवाईडीले नेपाली बजारमा दीर्घकालीन लगानी र विश्वस्तरीय सेवा विस्तारलाई निरन्तरता दिने जनाएको छ।
पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=22314, citypokhara.com
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ श्रावण २२, शुक्रबार २३:०८पोखरामा बीवाईडीको आधिकारिक सर्भिस सेन्टर सञ्चालनमा
समाचार२०८३ श्रावण २२, शुक्रबार ११:५७कञ्चन पत्रकारिता पुरस्कार २०८३ बाट पत्रकारद्वय सारु र जिटी सम्मानित
समाचार२०८३ श्रावण २१, बिहीबार ०६:५४गुह्येश्वरीमा दैनिक तीन करोड २४ लाख लिटर ढल प्रशोधन
समाचार२०८३ श्रावण १७, आईतवार २०:५२पोखरा–१७ मा फोहोर वर्गीकरणका लागि ५७० डस्टबिन वितरण







