प्रेस काउन्सिल नेपालका पछिल्ला प्रकाशनहरूको सार्वजनिकीकरण कार्यक्रम सम्पन्न


काठमाडौँ ।
प्रेस काउन्सिल नेपालका अध्यक्ष उमेश श्रेष्ठले काउन्सिलद्वारा हालै प्रकाशित विभिन्न प्रकाशनहरूको लोकार्पण गर्नुभएको छ । उहाँले प्रेस काउन्सिल नेपालको कानुन संग्रह-२०८३, प्रतिनिधिसभा सदस्य निर्वाचन- २०८२ आमसञ्चार माध्यममा आचारसंहिता विशेष अनुगमन अन्तिम प्रतिवेदन र संहिता त्रैमासिक जर्नल (असार ६९ औँ अङ्क) सार्वजनिकीकरण गर्नुभएको हो । बिहीबार काउन्सिल सभाहलमा भएको कार्यक्रममा अध्यक्ष श्रेष्ठले काउन्सिलका प्रकाशनहरुलाई आगामी दिनमा पनि निरन्तरता दिइने बताउनुभयो ।
यसैगरी संहिता त्रैमासिक जर्नलका सम्पादक तथा नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष धर्मेन्द्र झाले काउन्सिलका प्रकाशन आमसञ्चार र मिडिया जगतकै लागि ‘ट्युटरशाला’ भएकोले व्यवसायिक ढङ्गबाट संहिता जर्नललाई परिस्कृत गरिँदै लैजानुपर्ने कुरा बताउनुभयो ।
सदस्य-सचिव छबीन्द्र पराजुलीले आएका सुझावलाई ध्यान दिँदै प्रकाशनको गुणस्तर अभिवृद्धिका लागि गरिने बताउनुभयो । प्रकाशनहरुको उद्देश्यमाथि प्रकाश पार्दै काउन्सिलका मुख्य अधिकृत झबिन्द्र भुसालले परम्परागत तथा नयाँ मिडियाहरुको चाप दिनप्रतिदिन बढ्दै जानुले मिडिया जगतले थप चुनौतीपूर्ण अवस्था सामना गरिरहेको बताउनुभयो ।
काउन्सिलका उपप्रशासकीय अधिकृत रहमतुल्ला मियाँले सहजीकरण गर्नुभएको कार्यक्रममा काउन्सिलका वरिष्ठ प्रशासकीय अधिकृत दीपक खनाल, सहप्रशासकीय अधिकृत रामशरण बोहरालगायतले प्रेस काउन्सिलबाट प्रकाशित सामग्रीहरुले पत्रकारिता क्षेत्रलाई अझ बढी मर्यादित, उत्तरदायी र स्वनियमनतर्फ डोर्याउन महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभएको थियो ।
लेखकको बारेमा

- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ श्रावण २२, शुक्रबार १३:०५प्रेस काउन्सिल नेपालका पछिल्ला प्रकाशनहरूको सार्वजनिकीकरण कार्यक्रम सम्पन्न





