रोहित पौडेललाई क्यानको धन्यवाद, ‘कप्तानका रूपमा दिएको योगदान अविस्मरणीय’

काठमाडौँ। नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीका निवर्तमान कप्तान रोहित पौडेललाई उनले पुर्याएको योगदानका लागि हार्दिक धन्यवाद ज्ञापन गरेको छ।
क्यानले मंगलबार बिहान सामाजिक सञ्जालमार्फत कप्तानको रूपमा रोहित पौडेलले देखाएको नेतृत्व, समर्पण र नेपाललाई दिलाएका उपलब्धिहरूको प्रशंसा गर्दै आभार व्यक्त गरेको हो।
रोहितको नेतृत्वमा नेपाली क्रिकेटले हासिल गरेका सफलताहरू स्मरणीय रहने उल्लेख गर्दै क्यानले नेपाली क्रिकेटको विकास, टोलीको प्रदर्शनमा आएको सुधार तथा समर्थकहरूको अपेक्षा पूरा गर्न उनले महत्त्वपूर्ण भूमिका खेलेको जनाएको छ।
“धन्यवाद छ रोहित! राष्ट्रको आशालाई अगाडि बढाउँदै जोश, समर्पण र दृढ संकल्पका साथ नेपाली क्रिकेटको नेतृत्व गरेकामा,” क्यानले भनेको छ, “हाम्रो पुरुष राष्ट्रिय टोलीको कप्तानका रूपमा तपाईंको नेतृत्वमा हामीले उत्कृष्ट उपलब्धि हासिल गर्यौँ र नेपाल क्रिकेट यात्राको गौरवशाली हिस्साका रूपमा रहने अविस्मरणीय पलहरू सिर्जना गर्यौँ।”
क्यानले टोली, देश र खेलकुदप्रतिको रोहितको प्रतिबद्धता सधैँ प्रेरणादायी रहने बताउँदै आगामी दिनमा पनि उनले राष्ट्रका लागि सोही जोश र गर्वका साथ योगदान दिइरहने विश्वास व्यक्त गरेको छ। क्यानले रोहितको योगदानको उच्च सम्मान गर्दै लेखेको छ, “एक पटकको नेता, सधैँको नेता।”
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ आश्विन ११, आईतवार १५:२५लालबकैया नदीको कटान तीव्र,जोखिमयुक्त क्षेत्रको निरन्तर निगरानी
समाचार२०८३ आश्विन ११, आईतवार १५:१६कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा,धादिङ पनि खोलियो कार्यालय
समाचार२०८३ आश्विन १०, शनिबार २०:४९पश्चिमी क्षेत्रमा भारी वर्षा कायमै, भोलिसम्म सतर्कता अपनाउन आग्रह
समाचार२०८३ आश्विन १०, शनिबार १६:३२देश रोएका बेला परदेश बस्न नसक्ने एनआरएनए उपाध्यक्ष लोकप्रसाद दाहाल









