वर्षा राउत ‘म मदनकृष्ण’मा भित्रिइन्

काठमाडौं । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको जीवनीमा आधारित बायोपिक फिल्म ‘म मदनकृष्ण’मा अभिनेत्री वर्षा राउत अनुबन्धित भएकी छन्। निर्माण टिमले उनलाई हरिवंश आचार्यको अपोजिट भूमिकाका लागि अनुबन्ध गरेको हो।
वर्षाले फिल्ममा हरिवंशकी श्रीमती रमिला पाठकको भूमिका निर्वाह गर्नेछिन्। हरिवंशको भूमिकामा अभिनेता अरुण क्षेत्री यसअघि नै अनुबन्धित भइसकेका छन्। अरुण र वर्षाले पहिलोपटक सँगै काम गर्न लागेका हुन्।
“हामीले अरुणको अपोजिटमा वर्षा राउतलाई लिएका छौँ। वर्षाले हरिवंश आचार्यकी श्रीमतीको भूमिका निर्वाह गर्नुहुनेछ,” निर्देशक मिलन चाम्सले भने।
यसै टिमले निर्माण गर्ने हरिवंश आचार्यको बायोपिकमा पनि वर्षा यही भूमिकामा देखिने निर्देशक चाम्सले बताए। अरुणले भने हरिवंशको बायोपिकमा मुख्य भूमिकाका लागि यसअघि नै सम्झौता गरिसकेका छन्।
वर्षाको केही समयअघि रिलिज भएको फिल्म ‘मालती मंगले’ मा उनको अभिनयको प्रशंसा भएको थियो।
मदनकृष्ण श्रेष्ठको जीवनका सुख–दुःख, संघर्ष र आरोह–अवरोहलाई समेटेर निर्माण हुन लागेको **‘म मदनकृष्ण’**को निर्देशन मिलन चाम्सले गर्नेछन्। चाम्सले गत वर्ष राष्ट्रिय महिला फुटबल टोलीकी गोलरक्षक तथा कप्तान अञ्जिला तुम्बापो सुब्बाको जीवनीमा आधारित फिल्म ‘अञ्जिला’ निर्देशन गरेका थिए।
‘म मदनकृष्ण’मा मदनकृष्णको भूमिकामा अभिनेता महेश त्रिपाठी देखिनेछन्। यस्तै, अभिनेत्री केकी अधिकारीले मदनकृष्णकी श्रीमती यशोदाको भूमिका निर्वाह गर्नेछिन्।
फिल्ममा मदनकृष्णको बाल्यकाल, सरकारी जागिरे जीवन, हरिवंश आचार्यसँगको सहकार्य तथा अन्तरजातीय विवाहलगायतका प्रसंग समेटिने निर्माण पक्षले जनाएको छ। फिल्ममा राजाराम पौडेल, किरण केसी, रुषा न्यौपाने, यमन श्रेष्ठ र देशभक्त खनालको पनि अभिनय रहनेछ।
भिन्टेज मोसन पिक्चर्सको प्रस्तुतिमा बन्ने बायोपिक फिल्म ‘म मदनकृष्ण’का निर्माता राजकुमार श्रेष्ठ हुन्।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
स्वास्थ्य/जानकारी टिप्स२०८३ भाद्र १८, बिहीबार २०:२९राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारीले लिए शपथ
समाचार२०८३ भाद्र १८, बिहीबार १९:४०साल्ट ट्रेडिङ कर्पोरेशनले धादिङबेशीमा नुन साविककै मूल्यमा र चिनी रु ११५ मा बिक्री वितरण गर्ने
समाचार२०८३ भाद्र १८, बिहीबार १८:३०विपद्को मैदानमा देखेको र भोगेको यथार्थ
समाचार२०८३ भाद्र १८, बिहीबार ११:५९तीजको दरको पैसा कटाएर बाढीपीडितलाई सहयोग, महाकालेश्वर महिला समूहले दियो ३५ हजार ५ सय









