दैलेख अस्पतालमा विशेषज्ञ सेवा « रिपोर्टर्स नेपाल

दैलेख, २८ साउन । दैलेख जिल्ला अस्पतालले महिलाको उपचारमा विशेषज्ञ सेवा थप गरेको छ । गत शुक्रबारदेखि अस्पतालले पाठेघरको शल्यक्रिया, स्तन क्यान्सर तथा आङ खस्ने समस्याको विशेष सेवा थप गरेको हो ।
साथै अस्पतालले १८ हप्तासम्मको सुरक्षित गर्भपतन सेवा र पाठेघरको मुखमा क्यान्सरको सुरुको चरणमा तातोले सेकेर निको पार्ने प्रविधिबाट उपचार सेवा पनि थप गरेको छ ।
आजदेखि अस्पतालमा गाइनोलोजिष्ट डा जगत थापा (एमडी) को आगमनसँगै महिला स्वास्थ्यसम्बन्धी सेवा सञ्चालन भएको स्वास्थ्य सेवा कार्यालय दैलेखका प्रमुख डा मनोज विश्वकर्माले जानकारी दिए ।
यसैबीच, स्वास्थ्य सेवा कार्यालय दैलेखको जिम्मेवारी सम्हालेपछि कार्यालयको प्रशासनिक काममा पारदर्शिता कायम गरिएको र अस्पतालभित्र फोहर व्यवस्थापनलगायत उचित प्रबन्ध मिलाइएको डा विश्वकर्माले बताए ।
मर्मत गर्नुपर्ने र अद्यावधिक हुन नसकेका पुराना प्रयोगशालालाई सुधार, खानेपानीको व्यवस्थापन । म्याद नाघेका औषधिको उचित व्यवस्थापन गरिएको छ । अस्पतालमा दैनिक १० जनाभन्दा बढी महिला विशेषज्ञ सेवा लिन आउने गरेका छन् ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
खेलकुद२०८३ भाद्र २०, शनिबार २१:३४खप्तड फाल्कोन्सलाई सोझो सेटमा हराउँदै सगरमाथाले निकाल्याे दोस्रो जित
समाचार२०८३ भाद्र २०, शनिबार १८:३८भोटेकोसी बाढीमा ज्यान गुमाएका परिवारलाई नीलकण्ठ नगरपालिकाको ४० हजार राहत
कला, विचार/मनोरञ्जन२०८३ भाद्र २०, शनिबार १२:२३‘गौँथली’ ले मनायो प्रदर्शनको ५१औँ दिन » Celebrity Nepal
स्वास्थ्य/जानकारी टिप्स२०८३ भाद्र २०, शनिबार १२:०८१ हजार ३ सय ४२ जनाको शव फेला « रिपोर्टर्स नेपाल









