स्वास्थ्य मन्त्रालयको माग्याे करार कर्मचारीको विवरण

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले मातहतका सबै निकायमा कार्यरत करार कर्मचारीको विवरण उपलब्ध गराउन निर्देशन दिएको छ ।
मन्त्रालयले हाल कार्यरत करार कर्मचारीमध्ये फाजिलमा पर्न सक्ने कर्मचारीको विवरण तत्काल उपलब्ध गराउन सम्बन्धित निकायलाई निर्देशन दिएको हो ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट प्राप्त पत्रका आधारमा करार कर्मचारीको विवरण सङ्कलन गर्न लागिएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयको प्रशासन तथा मानव संसाधन व्यवस्थापन शाखाले परिपत्र जारी गर्दै मातहतका सबै निकायलाई माग गरिएको विवरण सफ्ट कपीमा तयार गरी मन्त्रालयको आधिकारिक इमेलमार्फत पठाउन निर्देशन दिएको छ ।
मन्त्रालयले विवरण उपलब्ध गराउन तत्काल निर्देशन दिए पनि त्यसका लागि निश्चित समयसीमा भने तोकिएको छैन । फाजिलमा पर्न सक्ने कर्मचारीको विवरण भने यथाशीघ्र उपलब्ध गराउन भनिएको छ ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
स्वास्थ्य/जानकारी टिप्स२०८३ भाद्र १, सोमबार ११:५८स्वास्थ्य मन्त्रालयको माग्याे करार कर्मचारीको विवरण
समाचार२०८३ भाद्र १, सोमबार ०८:४१देशभर मनसुनी वायुको प्रभाव, मेघगर्जनसहित चट्याङको सम्भावना
समाचार२०८३ भाद्र १, सोमबार ०७:५०गजुरी नजिकै चालिसेमा पहिरो खस्दा पृथ्वीराजमार्ग अवरुद्ध
कला, विचार/मनोरञ्जन२०८३ श्रावण ३१, आईतवार १२:००प्रदीप खड्काको अन्तर्राष्ट्रिय प्रोजेक्ट ‘टनेल २६’को टिजर सार्वजनिक









