जितु नेपालको ‘कार्की साइँला’को टिजर सार्वजनिक » Celebrity Nepal

जितु नेपालको ‘कार्की साइँला’को टिजर सार्वजनिक » Celebrity Nepal


काठमाडौं । आगामी असोज २ गतेदेखि देशव्यापी प्रदर्शनमा आउन लागेको नेपाली फिल्म ‘कार्की साइँला’को आधिकारिक टिजर सार्वजनिक गरिएको छ । निर्माण पक्षले भदौ १ गते नागपञ्चमीको अवसर पारेर ‘मुभिज डिजिटेनमेन्ट’को युट्युब च्यानलमार्फत टिजर सार्वजनिक गरेको हो ।

सार्वजनिक टिजरमा मुख्य पात्र कार्की साइँला अर्थात् जितु नेपालको जीवन संघर्ष, व्यथा र गाउँलेको हेपाइलाई रोचक ढङ्गले प्रस्तुत गरिएको छ । भारी बोकेर जीविका चलाउँदै आएका कार्की साइँलालाई अविवाहित भएको भन्दै साथीभाइले जिस्क्याएपछि उनले सात दिनभित्र विवाह गरेर देखाउने अठोट लिन्छन् । यही अठोट फिल्मको कथाको मुख्य केन्द्रविन्दु बनेको छ ।

टिजरमा जितु नेपालसँगै प्रियाना आचार्य, सुशील पोखरेल, वीरेन्द्र सिंह कुशवाहा, मान्शी शर्मालगायत कलाकारलाई देख्न सकिन्छ ।

राजेन्द्र बस्नेतको निर्देशन तथा डम्बर राईको कथामा बनेको फिल्मको पटकथा तथा संवाद शंकर धिताल र सबिन अधिकारीले तयार पारेका हुन् । बालकुमार राई र निर्भिक बञ्जाराको लगानी रहेको फिल्मका कार्यकारी निर्माता अनन्त राई हुन् ।

दिप्सन लिम्बू र संकेत अगस्थीको संगीत रहेको फिल्मको यसअघि सार्वजनिक गीत ‘लग्यौ परान’ले दर्शकबाट राम्रो प्रतिक्रिया पाइरहेको निर्माण पक्षले जनाएको छ ।

सिबी भण्डारीले प्रोडक्सन म्यानेजमेन्ट तथा रबी केसीले शृङ्गारको जिम्मेवारी सम्हालेका छन् । फिल्मको पोस्ट प्रोडक्सनको काम ग्लोबल रिल मोशन पिक्चर्सले गर्नेछ ।
‘मुभिज डिजिटेनमेन्ट’ फिल्मको डिजिटल पार्टनर हो भने कुबेर फिल्म्सले वितरणको जिम्मेवारी लिएको छ ।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
यो पनि पढ्नुहोस् :  प्रदीप खड्काको अन्तर्राष्ट्रिय प्रोजेक्ट ‘टनेल २६’को टिजर सार्वजनिक
लेखकसँग सम्बन्धित खबरहरु

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 7   +   6   =