‘डियर काव्या’मा उपासना र डेब्यु अभिनेता बिक्की, मंसिरबाट छायांकन हुने

काठमाडौं । गोल्डेन वल्फ पिक्चर्सको ब्यानरमा निर्माण हुने नयाँ फिल्म ‘डियर काव्या’को औपचारिक घोषणा गरिएको छ। बिहीबार बिजेश्वरीस्थित होटल बज्रमा आयोजित कार्यक्रममा ३० फिट लामो पोस्टर सार्वजनिक गर्दै फिल्म निर्माणको घोषणा गरिएको हो।
फिल्ममा उपासना सिंह ठकुरी र बिक्की समशेर खड्का मुख्य भूमिकामा देखिनेछन्। बिक्कीका लागि ‘डियर काव्या’ डेब्यु फिल्म हुनेछ। थिएटरका विद्यार्थी बिक्कीलाई सार्वजनिक पोस्टरमा उपासनासँग रोमान्टिक मुडमा प्रस्तुत गरिएको छ। पोस्टरको पृष्ठभूमिमा नेपालगन्ज सहरसँगै कर्णाली पुललाई देखाइएको छ।
फिल्मको निर्देशन श्रद्धा प्रसाईंले गर्नेछिन्। उनका लागि यो दोस्रो निर्देशकीय फिल्म हो। यसअघि उनले निर्देशन गरेको ‘ककाकिकी’ प्रदर्शनको तयारीमा छ। ‘डियर काव्या’को छायांकन आगामी मंसिरबाट सुरु हुने निर्माण पक्षले जनाएको छ।
फिल्ममा गौरी मल्ल, तृप्ति नाडकर, अनुप बराल, सन्तोष थापा र खड्गबहादुर पुनमगरलगायत कलाकारको अभिनय रहनेछ।
देवी सिंह र हेमकुमारी भेटुवाल निर्माता रहेको फिल्ममा दिया मास्के र सन्दीप दंगोल कार्यकारी निर्माता छन्। अर्जुन पौडेल लाइन प्रोड्युसरका रूपमा आबद्ध छन्।
फिल्मको पोस्टर तथा पब्लिसिटी डिजाइन रोयल भीमसेन (ट्राइडेन्ट कन्सेप्ट)ले गर्नेछन् भने मेकअपको जिम्मेवारी प्रिया कार्कीले सम्हाल्नेछिन्। फिल्मको मिडिया कोअर्डिनेटर चलचित्र पत्रकार गोपिकृष्ण चापागाईं हुन्।
घोषणा कार्यक्रममा निर्देशक प्रसाईंले आफूलाई विश्वास गरेर निर्देशनको जिम्मेवारी दिइएकोमा खुसी व्यक्त गर्दै फिल्मका लागि मेहनत गर्ने बताइन्।
कार्यकारी निर्माता दिया मास्केले निर्माताका रूपमा आफ्नो पहिलो यात्रा सुरु गर्न लागेको बताइन्। फिल्म निर्माण आफ्ना लागि नयाँ अनुभव भएको उल्लेख गर्दै उनले फिल्मबारे थप जानकारी क्रमशः सार्वजनिक गर्ने बताइन्।
डेब्यु अभिनेता बिक्कीले पहिलो फिल्मका लागि अवसर दिएकोमा निर्माण टिमप्रति आभार व्यक्त गरे। उनले दिया मास्के र अनुप बराललाई आफ्ना अभिनय गुरुका रूपमा उल्लेख गर्दै उनीहरूले आफूलाई विश्वास गरेर फिल्ममा लिएको बताए।
अभिनेत्री उपासनाले पनि फिल्ममा छनोट गरेकोमा निर्माण टिमप्रति आभार व्यक्त गरिन्। महिला निर्देशकसँग पहिलोपटक काम गर्न लागेकाले आफू उत्साहित रहेको उनको भनाइ थियो।
निर्माण पक्षका अनुसार फिल्मको कथावस्तु तथा अन्य प्राविधिक पक्षबारे थप जानकारी आगामी दिनमा सार्वजनिक गरिनेछ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ आश्विन १९, सोमबार १९:१२नुवाकोटका बाढीपीडितलाई कोरियन मेडिकल एशोसिएसनको राहत
समाचार२०८३ आश्विन १९, सोमबार १८:५२भूमिहीन समस्या समाधान सरकारको उच्च प्राथमिकतामा: प्रधानमन्त्री शाह
कला, विचार/मनोरञ्जन२०८३ आश्विन १९, सोमबार १३:२३आईआईएफटी स्पेस एन्ड डिजाईन प्रतिस्पर्धामा रुची, दिपेश, विवेक र एन्जल उत्कृष्ट
कला, विचार/मनोरञ्जन२०८३ आश्विन १८, आईतवार २१:०२उपासना र कुन्दनको चलचित्र ‘भिडियोटेप’ को छायांकन सम्पन्न









