पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा शोभा गौतमको उम्मेदवारी

पोखरा । पोखरा उद्योग वाणिज्य संघको आगामी नेतृत्वका लागि वर्तमान महासचिव शोभा गौतमको नेतृत्वमा उम्मेदवारी घोषणा गरिएको छ। गौतम नेतृत्वको टिमले शुक्रबार पत्रकार सम्मेलन आयोजना गरी आगामी भदौ २० र २१ गते हुने संघको ७२औँ अधिवेशन तथा ३६औँ महाधिवेशनका लागि उम्मेदवारी घोषणा गरेको हो।
पत्रकार सम्मेलनमा अध्यक्ष पदकी उम्मेदवार शोभा गौतमले संघलाई अझ सबल, साझा, गतिशील, पारदर्शी, समावेशी र परिणाममुखी संस्थाका रूपमा विकास गर्ने बताइन्। उनले उद्योगी–व्यवसायीका वास्तविक समस्या समाधानका लागि प्रभावकारी पहल गर्ने, स्थानीय उत्पादन तथा उद्यमलाई प्राथमिकता दिने र निजी क्षेत्रको आवाजलाई सशक्त रूपमा उठाउने प्रतिबद्धता व्यक्त गरिन्।
गौतमको नेतृत्वमा अध्यक्षसहित सात पदका उम्मेदवार घोषणा गरिएको छ। जसअनुसार वरिष्ठ उपाध्यक्षमा टीकाराम सुवेदी, उद्योग उपाध्यक्षमा सौगात थापा, वाणिज्य उपाध्यक्षमा भीम गौतम, महासचिवमा तारानाथ ढुङ्गाना, कोषाध्यक्षमा जिवनप्रकाश श्रेष्ठ र उपमहासचिवमा यादव पोखरेल रहेका छन्।
गौतमले बदलिँदो आर्थिक परिवेश, प्रविधिको तीव्र विकास तथा उद्योगी–व्यवसायीले भोगिरहेका नयाँ चुनौतीलाई सम्बोधन गर्न सक्षम, सक्रिय र परिणाममुखी नेतृत्व आवश्यक रहेको बताइन्।
उनका अनुसार युवा तथा महिला उद्यमशीलताको प्रवर्द्धन, लगानीमैत्री वातावरण निर्माण, पोखराको पर्यटन तथा आर्थिक सम्भावनालाई उद्योग–व्यवसायसँग जोड्ने र संघलाई प्रविधिमैत्री तथा आधुनिक संस्थाका रूपमा विकास गर्ने विषय टिमको प्राथमिकतामा छन्।
त्यस्तै साना, मझौला तथा ठूला सबै उद्योगी–व्यवसायीको साझा आवाजका रूपमा संघलाई स्थापित गर्ने र निजी क्षेत्रको सम्मान, सुरक्षा तथा व्यावसायिक अधिकारका लागि सशक्त पैरवी गर्ने टिमले जनाएको छ।
‘समावेशी टिम, जुझारु नेतृत्व–सबल संघ, समृद्ध पोखरा’ भन्ने नारासहित चुनावी मैदानमा उत्रिएको गौतम नेतृत्वको टिमले संस्थाको गौरव, उद्योगी–व्यवसायीको हित र पोखराको आर्थिक समृद्धिका लागि काम गर्ने प्रतिबद्धता जनाएको छ।
पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=22374, citypokhara.com
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ भाद्र २८, आईतवार १७:२७छेङ्दुमा १२ नेपाली युवा: सुपरकम्प्युटिङ र रोबोटिक्सदेखि प्राचीन सभ्यतासम्मको यात्रा
समाचार२०८३ भाद्र २८, आईतवार ०४:००रेवान पोखराको अध्यक्षमा वसन्त गौतम सर्वसम्मत
समाचार२०८३ भाद्र २५, बिहीबार २१:३७प्रदेश प्रमुखसमक्ष प्रदेश लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेस
समाचार२०८३ भाद्र २५, बिहीबार १३:२४होटल संघ पोखराद्वारा राहत कोषमा २९ लाख बढी सहयोग








