चलचित्र ‘झिँगेदाउ’ युट्युबमा रिलिज » Celebrity Nepal

चलचित्र ‘झिँगेदाउ’ युट्युबमा रिलिज » Celebrity Nepal

चलचित्रमा केकी अधिकारी, आँचल शर्मा, मुकुन भुषाल, कुशल बिष्ट, हिउवाला गौतम लगायतका कलाकारको अभिनय रहेको छ ।


काठमाडौँ। २०७९ सालको हिट चलचित्र ‘झिँगेदाउ’ युट्युबमा रिलिज गरिएको छ । शुक्रबार ओएसआर मुभिज अफिसियल च्यानल मार्फत चलचित्र रिलिज गरिएको हो ।

‘झिँगेदाउ’को सिक्वेल ‘झिँगेदाउ २’ असोज २ मा रिलिज हुँदैछ । पहिलो श्रृखलामा कथा जहाँ टुङ्गीएको थियो ‘झिँगेदाउ २’ मा त्यही बाट कथा उठाइएको निर्देशक ज्ञानेन्द्र देउजाले जनाएका छन् ।

‘झिँगेदाउ’ भिमनिधि तिवारीको कथा झिँगेदाउमा आधारित चलचित्र हो । चलचित्रमा केकी अधिकारी, आँचल शर्मा, मुकुन भुषाल, कुशल बिष्ट, हिउवाला गौतम लगायतका कलाकारको अभिनय रहेको छ । चलचित्रमा केकी र आँचल जेठानी देउरानीको भुमिकामा देखिनेछन् । चलचित्रले देखाएको मैलिक परिवेश र जेठानी देउरानी विचको नोक झोकलाई दर्शकहरूले औधी रूचाएका थिए ।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
यो पनि पढ्नुहोस् :  ‘डियर काव्या’मा उपासना र डेब्यु अभिनेता बिक्की, मंसिरबाट छायांकन हुने

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 6   +   8   =