सिनेमा आर्टको नयाँ फिल्ममा अनमोल र जसिता » Celebrity Nepal

सिनेमा आर्टको नयाँ फिल्ममा अनमोल र जसिता » Celebrity Nepal


काठमाडौं । ‘कबड्डी’ सिरिजका तीनवटा फिल्मसँगै ‘पुरानो डुङ्गा’, ‘झुम्की’, ‘घामपानी’, ‘मिस्टर झोले’, ‘आप्पा’ र ‘दिमाग खराब’ लगायतका चर्चित तथा सुपरहिट फिल्म निर्माण गरिसकेको प्रतिष्ठित ब्यानर सिनेमा आर्टले नयाँ फिल्म निर्माणको तयारी थालेको छ।

सिनेमा आर्टले नयाँ फिल्मको निर्देशनका लागि निर्देशक सुयोग गुरुङलाई अनुबन्ध गरेको छ। फिल्मका निर्माता रौनक विक्रम कडेलका अनुसार गुरुङसँग फिल्म निर्देशनका लागि सम्झौता भइसकेको हो।

फिल्मको मुख्य भूमिकामा अभिनेता अनमोल केसी र अभिनेत्री जसिता गुरुङ पनि अनुबन्ध भएका छन्। सिनेमा आर्टले बिहीबार निर्देशक सुयोग गुरुङ, अभिनेता अनमोल केसी र अभिनेत्री जसिता गुरुङसँग औपचारिक रूपमा सम्झौता गरेको हो। पछिल्लो समय निकै रुचाइएको जोडी अनमोल केसी र जसिता गुरुङ पुनः एकसाथ पर्दामा देखिन लागेका हुन्।

यद्यपि, फिल्मको शीर्षक भने अहिलेसम्म सार्वजनिक गरिएको छैन। निर्माता कडेलका अनुसार फिल्मको नाम र अन्य विवरण उपयुक्त समयमा सार्वजनिक गरिनेछ। फिल्मको छायांकन आगामी मंसिरदेखि सुरु गर्ने तयारी रहेको उनले बताए।

फिल्मका लागि अन्य कलाकारको छनोट तथा प्रि–प्रोडक्सनको काम पनि अहिले तीव्र रूपमा अघि बढिरहेको निर्माता कडेलले जानकारी दिए। फिल्मको कथा, विषयवस्तु तथा अन्य प्राविधिक पक्षबारे भने निर्माण पक्षले हाल गोप्य राखेको छ।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
यो पनि पढ्नुहोस् :  ‘तिरिमिरी झ्याइँ’को टिमलाई रामधुनी नगरपालिकाको सम्मान

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 4   +   1   =